Oct 29 2026 | २०८३, कार्तिक १३गते

२०८१ का लागि अहिलेदेखि नै विद्यार्थी भर्ना नगर्न काठमाडौँ महानगरको चेतावनी

२०८१ का लागि अहिलेदेखि नै विद्यार्थी भर्ना नगर्न काठमाडौँ महानगरको चेतावनी

  • 772
    SHARES

  • २०८१ का लागि अहिलेदेखि नै विद्यार्थी भर्ना नगर्न काठमाडौँ महानगरको चेतावनी

    काठमाडौँ महानगरपालिकाले आगामी शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना प्रक्रिया अहिले नै अगाडि नबढाउन निर्देशन दिएको छ । चालु शैक्षिक सत्र नसकिएको तथा नयाँ शैक्षिक सत्र आउन अढाई महिना बाँकी रहेका बेला प्रक्रिया अगाडि नबढाउन महानगरले भनेको हो ।

     
     
     

    महानगरभित्रका केही विद्यालयहरूले अहिले नै विद्यार्थी भर्ना प्रक्रिया अगाडि बढाएको गुनासो आएपछि महानगरले चेतावनी दिएको छ ।

     

    ‘भर्नाको सूचना प्रकाशन गरेको भन्ने उजुरीप्रति यस विभागको गम्भीर ध्यानाकर्षण भएको छ,’शिक्षा अधिकारी सीताराम कोइरालाले जारी गरेको सूचनामा भनिएको छ, ‘शैक्षिक सत्रको सुरुवातको समय नभई विद्यार्थी भर्नाका लागि कुनै पनि तरिकाले सूचना प्रकाशन नगर्न नगराउन सूचित गर्दै त्यस प्रकारको सूचना प्रकाशन गरेको पाइएमा महानगरपालिकाको शिक्षा ऐन, २०७५ तथा अन्य प्रचलित कानुनबमोजिम कारबाही गरिने ब्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।’ 

     

    421765410_700065752300980_8373538248376921843_n

    images
    मंगलवार, माघ १६ २०८००९:५७:४०

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल