बिहिवार, माघ ४ २०८०
काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयहरुलाई प्रगति प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ । महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सीताराम कोइरालाले बुधबार एक सूचना जारी गर्दै सुन्दर विद्यालय परियोजना अन्तर्गतको बजेट खर्च गरी माघ २१ गतेभित्र प्रगति प्रतिवेदन पेस गर्न निर्देशन दिएका हुन् ।
महानगरले सामुदायिक विद्यालयको वातावरण सफा, सुन्दर र कलात्मक बनाउन सुन्दर विद्यालय परियोजना अन्तर्गतको पहिलो चरणको बजेट निकासा गरेको थियो ।
बजेट निकासाका क्रममा महानगरको शिक्षा विभाग र विद्यालयबिच भएको सम्झौता र उपलब्ध गराइएको नर्म्स बमोजिम निकासा बजेट नियमानुसार खर्च गरी अनिवार्य रुपमा प्रगति प्रतिवेदन पेस गर्न महानगरले भनेको हो । यस्तै महानगरले दोस्रो चरणको बजेट माग गर्न पनि आग्रह गरेको छ ।

अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल