Oct 29 2026 | २०८३, कार्तिक १३गते

मावि तहका लागि ७१८ शिक्षकको स्थायी नियुक्ति

मावि तहका लागि ७१८ शिक्षकको स्थायी नियुक्ति

  • 1.0K
    SHARES

  • मावि तहका लागि ७१८ शिक्षकको स्थायी नियुक्ति

    शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणीका लागि स्थायी शिक्षक सिफारिस गरेको छ । आयोगले खुला प्रतियोगितात्मक परीक्षाको लिखित तथा अन्तर्वार्ता गरेर छनौट भएका ७१८ जनालाई स्थायी नियुक्तिका लागि सिफारिस गरेको हो । 

     

    सातै प्रदेशबाट विभिन्न विषयको परीक्षामार्फत छनौट भएका उम्मेदवारहरूलाई स्थायी नियुक्तिका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा सिफारिस गरेको हो ।  गत वर्ष मावि तर्फ १ हजार १८२ जनालाई स्थायी नियुक्तिका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा सिफारिस गरेको थियो । 

     

    आयोगले लिखित परीक्षाबाट अन्तर्वार्ताका लागि छनोट भएका उम्मेद्वारहरूको यहि असोज २१, २४ र कात्तिक २ गते अन्तर्वार्ता सञ्चालन गरेको थियो ।  आयोगले शिक्षक सेवा आयोग नियमावली २०५७ को नियम २४ बमोजिम लिखित परीक्षा र अन्तर्वार्ता समेतको प्राप्ताङ्कको आधारमा आयोगले उम्मेदवार छनौट गरेको थियो ।

    images
    मंगलवार, कार्तिक १४ २०८०१०:०७:०३

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल