Oct 29 2026 | २०८३, कार्तिक १३गते

अब एसईई नगर्ने प्रस्ताव

अब एसईई नगर्ने प्रस्ताव

  • 1.6K
    SHARES

  • अब एसईई नगर्ने प्रस्ताव

    सरकारले संसदमा दर्ता गर्ने तयारी गरेको विद्यालय शिक्षा सम्बन्धी विधेयकयमा माध्यमिक शिक्षा परीक्षा (एसईई) नरहने प्रस्ताव गरिएको छ ।

    मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार अब कक्षा १० को परीक्षा विद्यालयले सञ्चालन गर्ने र कक्षा १२ को मात्रै राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने छ । उनले भने, ‘अब कक्षा १० को परीक्षा स्कुलले गर्छ र १२ को मात्रै बोर्डले गर्छ, एसईई हुँदैन ।’ बिसं. १९९० सालमा नेपालमा एसएलसी परीक्षा वोर्डको स्थापना भएको थियो । ८३ वर्षसम्म रहेको एसएलसीलाई २०७३ सालमा सरकारले शिक्षा ऐनको आठौं संशोधन गरेर सामान्य संशोधन गरेको थियो ।

    विद्यालयको तहगत संरचनालाई परिवर्तन गरेर प्रारम्भिक बालकक्षादेखि ८ लाई आधारभूत तह र ९ देखि १२ लाई माध्यमिक तहको रुपमा निर्धारण गरेको थियो । त्यसपश्चात कक्षा १० को परीक्षालाई माध्यमिक शिक्षा परीक्षा र कक्षा १२ को परीक्षालाई विद्यालय शिक्षाको अन्तिम परीक्षा बनाएको थियो ।

    images
    मंगलवार, भाद्र २६ २०८००७:३६:०८

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल