Oct 29 2026 | २०८३, कार्तिक १३गते

मनाेमानी शुल्क नबढाउन निजी स्कुलहरुलाई मन्त्रालयकाे चेतावनी !

मनाेमानी शुल्क नबढाउन निजी स्कुलहरुलाई मन्त्रालयकाे चेतावनी !

  • 1.5K
    SHARES

  • मनाेमानी  शुल्क नबढाउन निजी स्कुलहरुलाई मन्त्रालयकाे चेतावनी !

    निजी स्कुलहरुले आफुखुसी शुल्क बढाउन थालेपछि शिक्षा मन्त्रालयले निजी विद्यालयहरूलाई आफूखुसी शुल्क नबढाउन चेतावनी दिएको छ । शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले एक विज्ञप्ति जारी गर्दै शैक्षिक सत्र २०८० को विद्यार्थीका सम्बन्धनमा केही निजी लगानीका विद्यालयहरूले आफूखुसी जथाभाबी ढंगले शुल्क उठाएको भन्दै सचेत गराएका हुन् ।

    स्थानीय तहले स्वीकृति गरिदिएको सीमाभित्र रहेर मात्र शुल्क लिन पाउने व्यवस्था रहेको मन्त्रालयले स्मरण गराएको छ । कुनै पनि विद्यालयले स्वीकृत भएको शुल्कको विषयमा पारदर्शी ढङ्गले सबै अभिभावकहरूलाई जानकारी गराउनुपर्छ । अभिभावकहरूले समेत तोकिएको शुल्कको स्वीकृतिको विषयमा प्रश्न गर्न पाउँछन् । त्यो विषयमा विद्यालय रहेको स्थानीय तहमा गुनासो गर्न पाउने व्यवस्था समेत रहेको भन्दै मन्त्रालयले केही गुनासा भएमा स्थानीय तहमा जानकारी गराउन मन्त्रालयले अनुरोध गरेको छ । 

    1681204722_941306882_pressChaitra28_exNN1gAENr.webp

    निजी लगानीका विद्यालयले शुल्क, सार्वजनिक विद्यालयको भर्नासँग सम्बन्धित विषय तथा विद्यालयहरूमा पाठ्यपुस्तकको उपलब्धता र ब्रिकी वितरणका विषयमा जिल्ला तहमा आवश्यक परामर्श र सहजीकरण समेत गरी शिक्षा तथा मानव स्रोत विकास केन्द्रमार्फत नियमित रूपमा जानकारी पठाउन समेत भनेको छ ।

    images
    मंगलवार, चैत्र २८ २०७९०४:५७:५९

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल