Oct 29 2026 | २०८३, कार्तिक १३गते

नयाँ शैक्षिक बर्षकाे नारा- ‘समयमै भर्ना, समयमै ज्ञान, गुणस्तरीय शिक्षा सबैको अभियान’

नयाँ शैक्षिक बर्षकाे नारा- ‘समयमै भर्ना, समयमै ज्ञान, गुणस्तरीय शिक्षा सबैको अभियान’

  • 3.0K
    SHARES

  • नयाँ शैक्षिक बर्षकाे नारा- ‘समयमै भर्ना, समयमै ज्ञान, गुणस्तरीय शिक्षा सबैको अभियान’

    शैक्षिक शत्र २०८० विद्यार्थी भर्ना अभियानको नारा समयमै भर्ना, समयमै ज्ञान, गुणस्तरीय शिक्षा सबैको अभियान तय गरिएको छ । शिक्षा तथा मानव श्रोत विकास केन्द्र शैक्षिक शत्र २०८० का लागि उक्त नारा तय गरेको हो । उक्त आदर्श वाक्यसहित शैक्षित्र सत्र २०८० को विद्यार्थी भर्ना कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको केन्द्रले जनाएको छ । सोही आधारमा विद्यालय उमेर समूहका सबै बालबालिकालाई विद्यालय भर्ना गराई शिक्षासम्बन्धी मौलिक अधिकार सारभूत रूपमा कार्यान्वय गर्न सबै स्थानीय तह र विद्यालयहरूलाई आग्रह गरेको छ ।

    सोही आधारमा विद्यार्थी भर्ना तथा विद्यालय स्वागत कार्यक्रम सञ्चालन गर्न हुन तथा शिक्षा विकास तथा समन्वय इकाईहरूले समन्वय र सहजीकरण गर्न अनुरोध गरेको छ । शैक्षिक सत्र २०८० को विद्यार्थी भर्ना २०८० वैशाख महिनामा नै सञ्चालन गर्ने व्यवस्था मिलाउन स्थानीय तहलाई भनेको छ । त्यसका लागि स्थानीय तह शिक्षा शाखाको एक जना कर्मचारीलाई सम्पर्क व्यक्ति तोकेर सूचना, समन्वय र सहजीकरण गर्न लगाउनुपर्नेछ ।

    स्थानीय तहमा क्रियाशील र शिक्षा क्षेत्रमा कार्यक्रम सञ्चालन गरिरहेका गैरसरकारी संस्थालाई विद्यालय बाहिर रहेका विद्यालय उमेर समूहका बालबालिका पहिचान तथा भर्ना गर्न प्रोत्साहित गर्ने कार्यमा परिचालन गर्न केन्द्रले आग्रह गरेको छ । भर्ना हुन आउने बालबालिकालाई तत्काल भर्ना गरी स्वागत गर्ने र निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउन भनेको छ ।

    कक्षा ११ र १२ सञ्चालन भएका विद्यालयहरूले सो तहमा अध्ययनरत विद्यार्थीहरूलाई प्रयोगात्मक कार्यको रूपमा आफ्नो सेवा क्षेत्रभित्र विद्यालय रहेका बालबालिकाको लगत संकलन, तिनीहरू विद्यालय बाहिर रहनुको कारण एवं समस्या पहिचान, विद्यालय भर्नाका लागि घरदैलो, सडक नाटक प्रदर्शन जस्ता क्रियाकलापमा परिचालन गर्न अनुरोध गरेको छ । एक जना शिक्षकलाई विद्यार्थी भर्ना कार्यक्रमको सम्पर्क व्यक्ति तोकी सूचना, सम्पर्क र समन्वयको जिम्मेवारी दिन विद्यालयलाई अनुरोध गरेको छ ।

    images
    मंगलवार, चैत्र २८ २०७९०९:०७:१३

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल