मंगलवार, चैत्र २८ २०७९
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एजुकेशनल इन्फमेसन ऐप सञ्चालनमा ल्याएको छ । शैक्षिक सूचना तथा तथ्याङ्क हरेक व्यक्तिको पहुँचमा पु¥याउने उद्देश्यले एप सञ्चालनमा ल्याएको हो ।
त्यस्तै वार्षिक बजेट तथा कार्यक्रमसँग सम्बन्धित प्रगति विवरण अनलाइनबाट सङ्कलन गर्न सक्नेगरी अनुगमन सफ्टवेयर प्रणाली समेत सञ्चालनमा ल्याइएको छ ।

शैक्षिक सूचनाहरू सङ्ग्रहित गरिएको उक्त एप सर्वसाधारणले समेत प्रयोग गर्न सक्नेगरी विकास गरिएको मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए ।
यो एपबाट शैक्षिक तथ्याङ्क तथा शिक्षासँग सम्बन्धित जानकारीहरू प्राप्त गर्न सकिने मन्त्रालयले जनाएको छ । त्यसैगरी बजेट तथा अनुगमन सफ्टवेयर तत्काललाई परीक्षणको रूपमा प्रयोगमा ल्याई आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनसँगै आगामी साउन १ गतेदेखि पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने लक्ष्य राखिएको मन्त्रालयले जनाएको छ ।
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल