Oct 29 2026 | २०८३, कार्तिक १३गते

सेन्ट जेभियर्समा नाम निकालिदिने भन्दै लाखौं ठगी

सेन्ट जेभियर्समा नाम निकालिदिने भन्दै लाखौं ठगी

  • 976
    SHARES

  • सेन्ट जेभियर्समा नाम निकालिदिने भन्दै लाखौं ठगी

    काठमाडौंमा केही यस्ता स्कुल छन्, जहाँ पढ्न लाखौं रुपैयाँ लाग्छ । तर लाखौं खर्चिएर पनि पढाउनका लागि पनि ठूलै कसरत गर्नुपर्छ । आफ्नो बच्चालाई महंगो स्कुलमा पढाएर राम्रो शिक्षा दिक्षा दिन सकिन्छ कि भनेर पर्सा बिरुवागुठीका रबिनप्रसाद धितालले निकै प्रयास गरे । रबिनले आफ्नो ५ वर्षका छोरा प्रिन्सलाई सेन्ट जेभियर्स पठाउन प्रवेश परीक्षा दिलाउन लगे । चैत २ गते छोरालाई प्रवेश परीक्षा दिलाउन लगाएर रविन बाहिर छोराको पर्खाईमा थिए । त्यहीबेला एक अपरिचित ब्यक्ति आएर आफ्नो स्कुलको प्रमुखसँग राम्रो सम्बन्ध रहेकोले नाम निकाल्दिन्छु भन्ने प्रलोभन देखाए । 

    सोर्सफोर्सबाट मात्रै नाम निकाल्न सकिन्छ भन्ने बुझेका रबिनले अपरिचत ब्यक्तिप्रति विश्वास गरे । दाङ सिसहनिया–१ घर भएका सुगम भन्ने बाबुराम सुवेदीले आफ्नो मालिक विनोद भन्ने विमल खड्काले सबै मिलाइदिन्छ, भन्दै सुवेदीले रबिनसँग ढेड लाख रुपैयाँ लाग्ने बताए । तत्कालै विश्वास गरी रबिनले सुवेदीलाई तत्काल प्रभु बैंकको रु.१,५०,०००।– को चेक काटिदिए । तर रबिनको छोराको नाम निस्किएन । छोराको नाम ननिस्किएपछि उनी सुवेदीको खोजीमा लागे । तर त्यतिञ्जेल सुवेदी फरार भइसकेका थिए । रबिन छाँगाबाट खसेजस्तो भए । उनले आफू ठगिएको भन्दै महानगरीय अपराध महाशाखा टेकुमा जाहेरी दरखास्त दिए । रबिनले दिएको हुलियाको आधारमा प्रहरीले खोजी तीब्र पार्यो । प्रहरीले बुधबार सुवदी र विनोद भन्ने विमल खड्कालाई पक्राउ गर्न सफल भयो । 

    अपराध महाशाखाको टोलीले कोटेश्वरबाट नगर ३६ हजारसहित र खड्कालाई एक लाख १४ हजारसहित थापाथलीबाट बुधबार नै पक्राउ गर्यो । पक्रउ परेका दुबै जनालाई ठगी मुद्दामा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ । उनीहरुले धिताललाई जस्तै अन्य ब्यक्तिहरुलाई पनि जागिर लगाइदिने भन्दै ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ । दाङ सिसहनियाका सुवेदी ललितपुर कुमारी पाटीमा तथा रामेछापका खड्का बानेश्वरमा बस्दै आएका थिए ।

    images
    मंगलवार, चैत्र २१ २०७९०८:०५:५१

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल