Oct 29 2026 | २०८३, कार्तिक १३गते

एसईइ दिने १ हजार ६ बढी विद्यार्थी बढे !

एसईइ दिने १ हजार ६ बढी विद्यार्थी बढे !

  • 1.7K
    SHARES

  • एसईइ दिने १ हजार ६ बढी विद्यार्थी बढे !

    यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) दिनेको संख्या गत वर्षको भन्दा १ हजार ६ सय २२ ले बढेको भए तापनि चारवटा प्रदेशमा भने विद्यार्थी संख्या घटेको छ । ती चारवटा प्रदेशमा प्रदेश–१, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेश रहेका छन् ।

    गत वर्ष प्रदेश–१ मा ८८ हजार ३२ जना परीक्षार्थी थिए । यो वर्ष करिब ३ हजार विद्यार्थी घटेका छन् । प्रदेश–१ मा यो वर्ष ८५ हजार ७ सय ४३ जना सहभागी हुँदैछन् । बागमतीमा परीक्षार्थीको संख्या १ लाख १० हजारबाट घटेर १ लाख ६ हजार ९ सय ५९ पुगेको छ ।

    गण्डकीमा गत वर्ष ४७ हजार ३ सय ४५ जनाले परीक्षा दिएकोमा यो परीक्षार्थीको संख्या घटेर ४६ हजार ७ सय ३७ मा झरेको छ । सुदूरपश्चिममा ५९ हजारबाट घटेर ५८ हजार ९ सय ७ झरेको छ ।

    मधेश, कर्णाली र लुम्बिनी प्रदेशमा भने विद्यार्थी संख्या बढेको छ । मधेशमा करिब ३ हजार, कर्णालीमा करिब २ हजार ५ सय र लुम्बिनीमा २ हजार ५ सय वृद्धि भएको छ । मधेश प्रदेशमा गतवर्ष ८१ हजार ७ सय ४३ जनाले परीक्षा दिएकोमा यो वर्ष परीक्षार्थीको संख्या ८४ हजार ७२ पुगेको छ । कर्णालीमा ३८ हजार ९ सय ११ बाट बढेर ४१ हजार ३ सय २९ र लुम्बिनीमा ८९ हजार ६ सय ४५ बाट वृद्धि भएर ४१ हजार ३ सय २९ पुगेको छ ।p

    images
    बिहिवार, फाल्गुण १८ २०७९०८:१९:०६

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल