Oct 29 2026 | २०८३, कार्तिक १३गते

एसइईमा ए प्लस ल्याउने विद्यार्थीलाई १ लाख दिइने !

एसइईमा ए प्लस ल्याउने विद्यार्थीलाई १ लाख दिइने !

  • 1.2K
    SHARES

  • एसइईमा ए प्लस ल्याउने विद्यार्थीलाई १ लाख दिइने !

    तेमाल गाउँपालिका वडा नंं २ ले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) मा ए प्लस ल्याउने विद्यार्थीलाई एक लाख रुपैयाँ दिने भएको छ । वडा समितिले सो वडामा रहेको सर्वोद्वार माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई प्रोत्साहन गर्न सो कार्यक्रम ल्याएको जनाएको छ ।

    वडा समितिले एसईईमा ९० वा सो भन्दा माथिको स्तरीकृत अङ्क ल्याउने विद्यार्थीलाई एक लाख रुपैयाा, ८० वा सोभन्दा माथि ९० भन्दा कम अर्थात ग्रेड ए ल्याउने विद्यार्थीलाई ७५ हजार रुपैयाँ र ७० वा सो भन्दामाथि ८० भन्दा कम अर्थात् बी प्लस ल्याउने विद्यार्थीलाई ५० हजार रुपैयाँ पुरस्कार स्वरुप दिने निर्णय गरेको वडा अध्यक्ष देवरात तामाङले बताए ।

    उनले सो वडामा रहेको माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सहयोग गर्न र पढाइप्रति थप प्रेरणा दिनका लागि निर्णय गरिएको बताए । सो निर्णय लगत्तै वडा समितिले सूचना समेत प्रकाशन गरेको छ । वडा समितिले प्रकाशन गरेको सूचनामा ‘विद्यार्थीको अध्ययनमा थप प्रेरणा मिलोस्, गुणस्तरीय शिक्षाको विकास तथा विद्यार्थी प्रोत्साहनको लागि एसईई मा सर्वोत्तम, अत्युत्तम र उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई पुरस्कृत गरिने’ उल्लेख छ ।

    images
    शनिवार, फाल्गुण ६ २०७९०९:१६:४०

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल