बिहिवार, पौष ७ २०७९
जापानमा कोरोना भाइरसको आठौँ लहर चलिरहेको छ । यो लहरमा दुई लाख छ हजार नौ सय ४३ जना सङ्क्रमित भएका छन् ।
स्वास्थ्य मन्त्रालय र स्थानीय सरकारका अनुसार आठौँ लहरमा देशभर दुई लाख छ हजार नौ सय ४३ जना सङ्क्रमित थपिएका हुन् ।
गत बुधबारको तुलानामा बुधबार १६ हजार एक सय नयाँ बिरामी थपिएका छन् । गत अगस्ट २५ यता पहिलोपटक देशमा सङ्क्रमितको सङ्ख्या दुई लाख पुगेको छ ।
राजधानी टोकियोमा २१ हजार एक सय ८६ नयाँ बिरामी थपिएका छन् । गत साताको तुलनामा बुधबार राजधानीमा दुई हजार तीन सय ७४ जना सङ्क्रमित फेला परेका हुन् ।
टोकियोमा लगातार बिरामी बढेका छन् । ओसाका, कावानागा, साइता, होन्सुलगायत प्रमुख शहरमा पनि कोभिड–१९ का सङ्क्रमित बढेका छन् । पछिल्लो महामारीका कारण बुधबार दुई सय ९६ जनाको मृत्यु भएको छ ।
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल