Oct 29 2026 | २०८३, कार्तिक १३गते

यी हुन त्रिविको दिक्षान्तका गोल्डमोडेलिष्ट

यी हुन त्रिविको दिक्षान्तका गोल्डमोडेलिष्ट

  • 1.3K
    SHARES

  • यी हुन त्रिविको दिक्षान्तका गोल्डमोडेलिष्ट

    त्रिभुवन विश्वविद्यालयको ४८औँ दीक्षान्त समारोहमा सकुन महर्जनलाई चार र रोहन व्यञ्जनकारलाई तीन ओटा पदकले विभूषित गरिने भएको छ ।

    त्रिविद्वारा जारी गरिएको सूचनामा महर्जनले ४.०० सीजीपीए प्राप्त गरेको हुनाले पुरस्कृत गर्न लागिएको हो । उनलाई सम्पूर्ण स्नातकोत्तर तहमा प्रथम श्रेणीमा प्रथम भएको हुनाले चान्सलर पदक, त्रिभुवन विश्वविद्यालय प्राध्यापक सङ्घ स्वर्ण पदक, रामप्रसाद मानन्धर स्वर्ण पदक र शान्ति नारायण मिश्र पदक प्रदान गरिने त्रिविको सूचनामा उल्लेख गरिएको छ । त्यस्तै रोहन व्यञ्जनकारलाई तीन ओटा पदकले विभूषित गरिने भएको छ ।

    अर्थशास्त्र केन्द्रीय विभाग, विश्वविद्यालय क्याम्पस, कीर्तिपुरका व्यञ्जनकारलाई एम।ए। अर्थशास्त्र विषयमा ३.८५ सीजीपीए प्राप्त गरेको हुनाले तारापद चौधरी पदक, खगेन्द्रमान सिं प्रधान पदक, चन्द्रराज ढुङ्गेल स्मृति पुरस्कार प्रदान गरिने भएको हो ।

    सूचनामा दीक्षान्त समारोहमा त्रिविबाट लिइएका विभिन्न तह एवं विषयका परीक्षाहरूमा सर्वप्रथम भई विभिन्न दीक्षान्त पदक एवं पुरस्कार प्राप्त गर्ने विद्यार्थीहरूको नामावली पनि प्रकाशन गरेको छ ।convocation-awardees1-768x3096.jpg

    images
    शुक्रवार, पौष १ २०७९०८:५५:५२

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल