Oct 29 2026 | २०८३, कार्तिक १३गते

कक्षा १२ को नतिजा आज आउदै, किन भयो ढिलाइ ?

कक्षा १२ को नतिजा आज आउदै, किन भयो ढिलाइ ?

  • 1.0K
    SHARES

  • कक्षा १२ को नतिजा आज आउदै, किन भयो ढिलाइ ?

    कक्षा १२ को नतिजा १५ भदौभित्र प्रकाशन गर्ने राष्ट्रिय परीक्षा बोर्डको रोडम्याप थियो । बोर्डका केही पदाधिकारीहरूले तीज (१३ भदौ) का दिन नतिजा प्रकाशन गर्ने तयारी भएको भन्दै सञ्चारमाध्यमलाई सूचना सम्प्रेषण गरे । तर, प्राविधिक काम नसकिएको भन्दै बोर्डले बिहीबारसम्म पनि नतिजा प्रकाशन गरेको छैन । बोर्डले तीन दिनदेखि लगातार नतिजा प्रकाशन हुने भन्दै आइरहेको छ । तर, अन्तिममा आज नसकिने जवाफ दिने गरेका छन् । बोर्डले आफैले तोकेको मिति पनि घर्किन पुगेको छ । नतिजा कहिलेसम्म आउछ अझै निश्चित छैन । प्राविधिक काम नसकिएले नतिजा प्रकाशनमा ढिलाइ भइरहेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । ‘प्राविधिक काम सकिएको छैन । प्राविधिक साथीहरूले काम गरिराख्नुभएको छ । सबै काम सकिएपछि नतिजा प्रकाशन गर्नुभन्दा ५ घण्टा अगाडि तपाईहरूलाई जानकारी गराउँछौं,’ बिहीबार अध्यक्ष शर्माले भने ।

    images
    शुक्रवार, भाद्र १७ २०७९०८:१७:०४

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल