बुधवार, माघ १२ २०७८
विभिन्न जिल्लाहरूका सामुदायिक विद्यालयमा प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका प्रथम र द्वितीय श्रेणीमा रहेका शिक्षक पदहरूमा आन्तरिक प्रतियोगितात्मक परीक्षा र कार्यसम्पादन मूल्याङ्कनका आधारमा बढुवा हुने भएको छ ।
शिक्षा सेवा आयोगले बुधबार विज्ञापन प्रकाशन गर्दै यसबारे जानकारी दिएको हो ।
आयोगका अनुसार आन्तरिक प्रतियोगितात्मक परीक्षा (२५ प्रतिशत) र कार्यसम्पादन मूल्याङ्कनका आधारमा हुने बढुवा (७५ प्रतिशत) द्वारा पूर्ति गर्नुपर्ने भएकाले २०७७ चैत्र मसान्तसम्म पाँच शैक्षिक सत्रको नोकरी अवधि पुरा गरेका सम्भाव्य उम्मेदवारहरूले आन्तरिक प्रतियोगितात्मक परीक्षाको हकमा https://online.tsc.gov.np/बाट र कार्यसम्पादन मूल्याङ्कनको हकमा सम्बन्धित शिक्षा विकास तथा समन्वय एकाइमा दरखास्त पेस गर्नुपर्नेछ ।

अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल