Oct 29 2026 | २०८३, कार्तिक १३गते

नियमावली संशोधन स्वीकृत : १७ हजार शिक्षकको बिज्ञापन खुल्ने !

नियमावली संशोधन स्वीकृत : १७ हजार शिक्षकको बिज्ञापन खुल्ने !

  • 2.8K
    SHARES

  • नियमावली संशोधन स्वीकृत : १७ हजार शिक्षकको बिज्ञापन खुल्ने !

    सरकारले शिक्षक सेवा आयोग नियमावलीको ११ औ संशोधन गरेको छ । गत कार्तिक ८ गते मन्त्री परिषद्को बैठकले संशोधनका लागि क्याबिनेटको समितिमा पठाएको संशोधन प्रस्ताव क्याबिनेट बैठकले स्वीकृत गरेको हो ।                                                                                                          मन्त्री परिषद्ले शिक्षक सेवा आयोगको प्रस्ताव स्वीकृत गर्दै शिक्षा समिति पठाएको प्रस्ताव आज स्वीकृत गरे संगै आयोगको नियमावलीको ११ औं संशोधन भएको छ।                                                                                             ११औं संशोधनले शिक्षक छनोटका लागि नयाँ प्रावधान गरेको छ । शिक्षक सेवा आयोगको १० औं संशोधनले मूल नियम १८ मा सामान्य परीक्षा १००, विषयगत परीक्षा १००, प्रयोगात्मक परीक्षा २५ र अन्तर्वार्ता २५ गरी पूर्णाङ्क कायम गरेकोमा ११ औं संशोधनले बढुवा प्रयोजनका लागि विषयगत परीक्षा १०० प्रयोगात्मक परीक्षा २५ र अन्तर्वार्ता २५ हुने गरी संशोधन गरेको छ । त्यस्तै नियम ३८ मा आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा बढुवा गर्दा लिइने लिखित तथा अन्तरवार्ताको अङ्क विभाजन तथा अन्य व्यवस्था खुल्ला प्रतियोगितात्मक परीक्षा सरह हुनेछ भनि उल्लेख गरिएको थियो ।                                                                                              नियमावलीको १० औं संशोधनले खुला र बढुवाको परीक्षालाई एउटै कसीमा राखेर सामान्य र विषयगत परीक्षाको व्यवस्था गरेको हुँदा उक्त प्रावधानलाई संशोधन गरी फरकफरक प्रावधानमा परीक्षा सञ्चालन गर्न आयोगले प्रस्ताव पठाएको आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले जानकारी दिए । सूचना अधिकारी मरहठ्ठाका अनुसार नियम १८ मा आयोगमा लिइने परीक्षा र ३८ मा भएको प्रावधानलाई संशोधन गरी आन्तरिक प्रतियोगितामा विषयगत परीक्षाको प्रावधानलाई संशोधन गरी १०० पूर्णांकको लिखित, अन्तर्वार्ता र प्रयोगात्मक परीक्षा गरी जम्मा १२५ पूर्णांकको परीक्षाको व्यवस्था गर्ने गरी नियमावली संशोधन भएको हो । मन्त्री पौडेलका अनुसार मन्त्रिपरिषद्को बैठकबाट नियमावली संशोधनको प्रस्ताव थप परामर्शका लागि क्याबिनेट समितिमा पठाइएको थियो ।                                                                                          नियमावली संशोधन संगै आयोगलाई शिक्षक छनोटका लागि अब सबै खाले बाटो फुकेको छ । आयोगले अब सामुदायिक विद्यालयमा १७ हजार ४७ जना शिक्षकको दरबन्दीमा नयाँ शिक्षक छनोटका लागि समेत अनुमति पाएको छ । आयोगले नियमावली संशोधन अगाडि नै माध्यमिक तहका लागि खुला तर्फको विज्ञापन गरिसकेको छ ।

    images
    शनिवार, पौष ३ २०७८०८:००:१६

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल