शुक्रवार, मंसिर १७ २०७८
कक्षा १२ को नतिजा सार्वजनिक गर्न राष्ट्रिय परीक्ष बोर्डको बैठक बस्दैछ । बिहान ९ बजे बैठक बोलाइएको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए । कक्षा १२ को नतिजा सार्वजनिक गर्नका लागि बैठक बस्न लागेको हो । नतिजा आजै सार्वजनिक गर्ने तयारी बोर्डले गरेको छ । परीक्षा नियन्त्रक शर्माका अनुसार नतिजा प्रकाशनसम्बन्धी सम्पूर्ण तयारी पूरा भइसकेको छ । कक्षा १२ को परीक्षा गत भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो ।
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल