Oct 29 2026 | २०८३, कार्तिक १३गते

कोभिडले छुटेकाको परीक्षा आजदेखि हुँदै, नतिजा मङ्सिर २० भित्रै आउने

कोभिडले छुटेकाको परीक्षा आजदेखि हुँदै, नतिजा मङ्सिर २० भित्रै आउने

  • 2.1K
    SHARES

  • कोभिडले छुटेकाको परीक्षा आजदेखि हुँदै, नतिजा मङ्सिर २० भित्रै आउने

    भदौ ३० गतेदेखि सञ्चालित परीक्षामा कोभिड १९ संक्रमण भएर सहभागी हुन नसकेका परीक्षार्थीको लागि बोर्डले मङ्सिर आज १६ गते अर्को परीक्षा सञ्चालन गर्ने भएको छ ।                                                                                         

      बोर्डका नियन्त्रक कृष्ण शर्माका अनुसार परीक्षार्थी रहेका जिल्लाबाटै उनीहरुलाई परीक्षामा सहभागी हुने अवसर दिइनेछ । शर्माका अनुसार यस्ता परीक्षार्थी मुलुकभर ४१ जना छन् । उनीहरुको परीक्षाको नतिजा भने अन्य परीक्षार्थीको भन्दा ढिलो हुनेछ । तर उहाँहरुलाई पनि अन्य सरह यसै वर्ष स्नातक अध्ययनको अवसर दिइनेछ ।                                                                                                                 

     १२ को नतिजा मङ्सिर २०                                         

    भित्र राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा मङ्सिर २० गते भित्र सार्वजनिक गर्ने तयारी गरेको छ । कक्षा १२ को परीक्षा गत भदौ ३० गतेदेखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो । बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार अहिले उत्तर पुस्तिका परीक्षणबाट प्राप्त नतिजालाई परीक्षण तथा तालिकीकरणको काम सकेको छ । नियमित कामबाहेक अन्य कुनै प्राविधिक समस्या नआएमा मङ्सिर २० भित्रै नतिजा सार्वजनिक हुने शर्माले बताउनुभयो । कोभिड १९ को महामारीका कारण परीक्षाको तालिका सार्वजनिक गरेर पनि दुई पटक स्थगित भएको थियो । परीक्षामा मुलुकभरबाट तीन लाख ७५ हजार परीक्षार्थी सहभागी छन् ।

    images
    बिहिवार, मंसिर १६ २०७८०८:४४:४८

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल