शुक्रवार, आश्विन २२ २०७८
शिक्षा बिज्ञान तथा प्राविधि मन्त्रालयले मन्त्री बिहिन बनेको ८८ दिनपछि पुर्णता पाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा मन्त्री परिषद् गठन भएको ८८ दिन पछि शुक्रबार मन्त्रीपरिषद्ले पुर्णता पाएको छ । प्रधानमन्त्री देउवा ‘मन्त्रीहरुको नाम लिएर राष्ट्रपति कार्यालय गइसकेका छन् । जस अनुसार शिक्षा मन्त्रीमा देवेन्द्र पौडेलले सपथ ग्रहण गर्न लागेका हुन । आजै सपथ खुवाउने तयारी रहेको देउवाको सचिवालयले जनाएको छ । हेर्नुहोस मन्त्रीको सूचि : कांग्रेसबाट गृह मन्त्रालय– बालकृष्ण खाँण परराष्ट्र मन्त्रालय –नारायण खड्का सञ्चार, सूचना तथा प्रविधि– ज्ञानेन्द्रबहादुर कार्की कानुन न्याय तथा संसदीय मामिला– दिलेन्द्र बडु महिला बालबालिका तथा ज्येष्ठ नागरिक– उमा रेग्मी रक्षा मन्त्रालय – मिनेन्द्र रिजाल खानेपानी मन्त्रालय – उमाकान्त चौधरी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय – गजेन्द्र हमाल जसपाबाट भौतिक पूर्वाधार तथा यातायात – रेणु यादव संघीय मामिला तथा सामान्य प्रशासन– राजेन्द्र श्रेष्ठ वन तथा वातावरण– रामसहाय यादव कृषि तथा पशुपन्छी विकास– प्रमोद साह एकिकृत समाजवादीबाट संस्कृति पर्यटन तथा नागरिक उड्यन–रामकुमारी झाँक्री श्रम रोजगार तथा सामाजिक सुरक्षा– कृष्णकुमार श्रेष्ठ किसान सहरी विकास मन्त्रालय– प्रेम आले स्वास्थ्य तथा जनसंख्या– विरोध खतिवडा स्वास्थ्य राज्यमन्त्री – भवानीप्रसाद खापुङ माओवादी केन्द्रबाट अर्थ मन्त्रालय – जनार्दन शर्मा शिक्षा विज्ञान तथा प्रविधि– देवेन्द्र पौडेल ऊर्जा मन्त्रालय – पम्फा भुसाल भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण– शशि श्रेष्ठ युवा तथा खेलकुद मन्त्रालय– महेश्वर गहतराज
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल