मंगलवार, आश्विन १९ २०७८
शिक्षक सेवा आयोगले रिक्त शिक्षकको विज्ञापन गर्ने अन्तिम तयारी गरिरहँदा ८ जिल्लामा प्रतिजिल्ला ४ सयभन्दा बढी र १५ जिल्लामा प्रतिजिल्ला ३ सय ५० भन्दा बढी शिक्षक पद रिक्त देखिएको छ । तीमध्ये अधिकांश जिल्लामा प्राथमिक तहको शिक्षकको अभाव अधिक देखिएको छ ।
ती जिल्लामा झन्डै ८० प्रतिशत प्रावि शिक्षकको दरबन्दी खाली छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आयोगलाई पठाएको तथ्यांकमा सबैभन्दा बढी बागलुङमा शिक्षकको संख्या कमी रहेको छ । बागलुङमा ५ सय ३५ शिक्षक पद रिक्त रहेकोमा ४ सय २९ जना प्रावि तहको शिक्षक मात्रै रहेका छन् । तीमध्ये ३ सय ९ प्रावि शिक्षक छन् ।
केन्द्रका अनुसार प्रावि तहको शिक्षक व्यवस्थापन र पदपूर्ति गर्न समस्या देखिएको छ । दशैंलगत्तै विज्ञापन खुला गर्ने तयारीमा रहेको आयोगले ७७ वटै जिल्लाको तथ्यांक प्राप्त गरेको छ । तीन जिल्लाबाहेक सबै जिल्लामा २ सय बढी प्रावि तहको शिक्षक रिक्त छन् । माध्यमिक विद्यालयमा सबैभन्दा कम र प्रावि तहको तुलनामा निम्न माध्यमिक विद्यालयमा केही कम देखिएको छ ।
तथ्यांकअनुसार ३ सयभन्दा बढी शिक्षकको अभाव रहेको जिल्लाको संख्या १५ रहेको छ । ती जिल्लामा पनि प्रावि तहको शिक्षकको अभाव देखिएको छ । आयोगले सबै जिल्लाको तथ्यांक संकलन गरेर मात्र विज्ञापन खोल्ने तयारी गरेको छ । पछिल्लो तथ्यांकअनुसार अधिकांश जिल्लामा सयभन्दा बढी शिक्षक रिक्त छन् । सबैभन्दा कम मनाङमा १६, भक्तपुरमा २५, ललितपुरमा ४३, काठमाडौंमा २९, मुस्ताङमा ३३, रुकुम पूर्वमा ८५, कञ्चनपुरमा ८७ र कैलालीमा ८६ शिक्षक अभाव छन् । उपत्यकामा एक जना पनि प्रावि शिक्षकको दरबन्दी रिक्त छैन । तीबाहेक सबै जिल्लामा प्रावि शिक्षकको अभाव रहेको तथ्यांकले देखाएको छ ।
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल