Oct 29 2026 | २०८३, कार्तिक १३गते

कक्षा १२ को उत्तरपुस्तिका टिकटकमा भाइरल !

कक्षा १२ को उत्तरपुस्तिका टिकटकमा भाइरल !

  • 2.9K
    SHARES

  • कक्षा १२ को उत्तरपुस्तिका टिकटकमा भाइरल  !

    कक्षा १२ को उत्तरपुस्तिकाको भन्दै सामाजिक सञ्जाल फेसबुक र टिकटकमा भिडियो भाइरल भएको छ ।                                                                                                  कक्षा १२ को परीक्षासँग सम्बन्धित ३/४ वटा भिडियो सामाजिक सञ्जालहरुमा देखिएका छन् । जसमध्ये एउटामा राष्ट्रिय परीक्षा बोर्ड लेखिएको उत्तरपुस्तिका पल्टाइरहेको देखिन्छ ।                                                                        विद्यार्थीलाई मोबाइल राख्न नपाउने र उत्तरपुस्तिका परीक्षा हलबाहिर लैजान नपाउने व्यवस्था हुँदा पनि भिडियो कसरी बन्यो भन्ने विषयमा राष्ट्रिय परीक्षा बोर्डले छानबिन गर्ने परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले बताए । ‘अब कहाँ र कसले यो भिडियो खिच्यो त्यो हामी छानबिन गर्छौं,’ उनले भने ।                                                                                                    बोर्डले यस वर्ष प्रश्नपत्र इमेल मार्फत विद्यालयहरुमा पठाइरहेको छ । बोर्डका अनुसार इन्टरनेट नपुगेका ११३ केन्द्रमा प्रश्नपत्र पठाइएको र बाँकी केन्द्रमा परीक्षा हुनु आधा घण्टाअघि इमेलमार्फत प्रश्नपत्र पठाउने व्यवस्था गरेको छ । कोरोना संक्रमणको जोखिमका कारण दुई पटक स्थगित कक्षा १२ को परीक्षा बुधबारदेखि शुरु भएको हो । चार हजार ३१५ परीक्षा केन्द्रमा पौने चार लाख परीक्षार्थी सहभागी रहेको बोर्डले जनाएको छ ।

    images
    बिहिवार, भाद्र ३१ २०७८११:०७:४१

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल