बिहिवार, भाद्र ३१ २०७८
हिजो देखि सुरु भएको कक्षा १२ को परीक्षामा नायिका करिश्मा मानन्धर पनि सहभागी भएकी छन । कलेज युनिफर्ममा परीक्षा केन्द्र पुगेकी नायिका करिश्माले भनिन् 'परिक्षाको कारण रातभर सुत्न सकिन' कक्षा १२ को परीक्षा बुधबारबाट सुरु भएको छ । यसअघि दुईपटक स्थगित भएको परीक्षा बुधबारबाट फेरि सुरु भएको हो । नेपाली फिल्म क्षेत्रकी सदाबहार सुन्दरी अभिनेत्री करिश्मा मानन्धर पनि हिजोबाट सुरु भएको परीक्षामा सहभागी भएकी छन् । कलेज ड्रेसमा सजिएर उनी बुधबार ११ बजे कक्षा १२ को परीक्षा दिन परीक्षा केन्द्र किटनी कलेज गोदावरी पुगेकी छन् । उनले अध्ययन पनि सोही कलेजबाट गरेकी हुन् । परीक्षा केन्द्र पनि उनको त्यही परेको छ । अहिलेको समय परीक्षा हुँदा केही अप्ठ्यारो महसुस भइरहेको उनले बताएकी थिइन । अभिनय, ब्यवसाय बिभिन्न कामले निकै ब्यस्त भएको कारण करिश्माले यो पटकको परीक्षामा धेरै तयारी गर्न नसकेको बताएकीछन । 
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल