Oct 29 2026 | २०८३, कार्तिक १३गते

शिक्षक महासंघद्धारा आन्दोलनको घोषणा : बिज्ञापनमा कस्तो असर पर्ला ?

शिक्षक महासंघद्धारा आन्दोलनको घोषणा : बिज्ञापनमा कस्तो असर पर्ला ?

  • 3.6K
    SHARES

  • शिक्षक महासंघद्धारा आन्दोलनको घोषणा : बिज्ञापनमा कस्तो असर पर्ला  ?

    नेपाल शिक्षक महासंघले निर्णायक आन्दोलन भन्दै पाँचौ चरणको आन्दोलनको घोषणा गरेको छ। आन्दोलन मार्फत सरकारलाई आफ्ना माग पूरा गर्नको लागि दवाब दिन महासंघले असोज १ गतेदेखि ७ गतेसम्म रिले अनशन थाल्ने भएको छ। महासंघको शुक्रबार बसेको बैठकले पाँचौं चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो। कार्यक्रम भदौ २७ देखि कात्तिक २८ गतेसम्मका लागि तय गरिएको छ।                                                                                                 

    आन्दोलन कार्यक्रमअन्तर्गत भदौ २७ गते शिक्षा सरोकार पक्ष, राजनीतिक दलको नेतृत्व लगायतसँग केन्द्रीय स्तरका नेतासँग भौतिक उपस्थितिमा अन्तरक्रिया गर्ने, असोज १ गतेदेखि ७ गतेसम्म काठमाडौंमा रिले अनशन र असोज १४ गतेदेखि २० गतेसम्म काठमाडौंमा जुलुस तथा विरोध प्रदर्शन गरिनेछ। उक्त कार्यक्रममा वागमती प्रदेशभित्रका जिल्लाबाट शिक्षक कर्मचारीको सहभागिता गराइनेछ भने माग पूरा नभए कात्तिक २८ गतेदेखि देशभरका शिक्षक कर्मचारीको सहभागितामा काठमाडौंमा दैनिक विरोध, जुलुस, धर्ना तथा प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको छ।                                                                                               

    महासंघका महासचिव लक्ष्मिकिशोर सुवेदीले आफ्ना माग पूरा नभएसम्म आन्दोलनका कार्यक्रम जारी राख्ने बताए। यस अघि महासंघको ३४ बुँदे मागमा सरकारले चासो नदेखाएपछि वैशाख २० गतेदेखि शिक्षकले आन्दोलन गर्दै आएका छन्। प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको तलब वृद्धि, गुणस्तरीय शिक्षाका लागि राज्यले कुल बजेटको २० प्रतिशत लगानी गर्नुपर्ने, संघीय शिक्षा ऐन जारी गर्नुपर्ने, संवैधानिक प्रबन्धमा परिवर्तन गर्नुपर्ने लगायतका माग महासंघको छ। यस्तै महासंघले मंसिर २५, २६ र २७ गते महासंघको राष्ट्रिय महाधिवेशको मिति समेत तय गरेको छ।       

                                                    यस्तो छ नेपाल शिक्षक महासंघको जारी बिज्ञप्ती ।

    1630658208-hbDUk.jpg

    images
    शनिवार, भाद्र १९ २०७८१०:५८:१७

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल