Oct 29 2026 | २०८३, कार्तिक १३गते

त्रिविले राख्यो 'प्लेजेरिजम डिटेक्टर' : चोरेर थेसिस लेख्नेहरुमा खैलावैला

त्रिविले राख्यो 'प्लेजेरिजम डिटेक्टर' : चोरेर थेसिस लेख्नेहरुमा खैलावैला

  • 2.6K
    SHARES

  • त्रिविले राख्यो 'प्लेजेरिजम डिटेक्टर' : चोरेर थेसिस लेख्नेहरुमा खैलावैला

    त्रिभुवन विश्वविद्यालयले थेसिसमा हुने चोरी पत्ता लगाउने सफ्टवेयर सञ्चालनमा ल्याएको छ । विद्यार्थीहरूले किनेर थेसिस बुझाउने वा इन्टरनेटबाट तानेर आफ्नो थेसिस बनाउने गतिविधिलाई नियन्त्रण गर्न त्रिविले ‘एन्टी प्लेजरिजम चेकिङ सफ्टवेयर’ सञ्चालनमा ल्याएको हो ।                                                                                            विश्वविद्यालयका अनुसार यो सफ्टवेयरको मद्दतबाट विद्यार्थीले थेसिस कतैबाट चोरेर लेखेको हो वा आफैं लेखेको हो भनेर पत्ता लगाउन सकिन्छ । विश्वविद्यालयका अनुसार पहिलो चरणमा यो सफ्टवेयर एमफिल र पीएचडी तहमा लागू गरिएको छ भने विस्तारै मानविकी, चिकित्सा, व्यवस्थापन संकाय अन्तर्गत स्नातकोत्तर तहमा पनि लागू हुने जनाइएको छ । त्रिविले केन्द्रीय रुपमा यस किसिमको सफ्टवेयर पहिलोपटक ल्याएको हो ।                                                   सफ्टवेयर ल्याएपछि कति प्रतिशत प्लेजरिजम मान्य हुने भन्ने विषयमा नीति नै बनाउने त्रिविको योजना छ । हाल विभिन्न मुलुक अनुसार १० प्रतिशतदेखि १५ प्रतिशतसम्मको प्लेजरिजमलाई मान्यता दिइन्छ । सफ्टवेयर आइसकेपछि विद्यार्थी तथा प्राज्ञिक अनुसन्धानकर्मीहरु सतर्क बन्ने र बौद्धिक सम्पत्ति चोरीको प्रवृत्ति हटेर जाने त्रिविको विश्वास छ । यस किसिमको सफ्टवेयर पहिलेदेखि नै इन्जिनियरिङ अध्ययन संस्थानमा भने प्रयोग हुँदै आइरहेको छ ।

    images
    शुक्रवार, भाद्र १८ २०७८०९:१३:२७

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल