Oct 29 2026 | २०८३, कार्तिक १३गते

त्रिवि उपकुलपतिको तलव प्रधानमन्त्रीको हाराहारीमा [ तलव सूचीसहित ]

त्रिवि उपकुलपतिको तलव प्रधानमन्त्रीको हाराहारीमा [ तलव सूचीसहित ]

  • 5.2K
    SHARES

  • त्रिवि उपकुलपतिको तलव  प्रधानमन्त्रीको हाराहारीमा  [ तलव  सूचीसहित ]

    त्रिभुवन विश्वविद्यालयले फेरी तलब बृद्धि गरेको छ । त्रिविले फेरी बढाएको तलब अत्यन्तै उच्च छ । उपकुलपतिको नै तलब मन्त्रीको भन्दा बढी प्रधानमन्त्रीको हाराहारीमा पुगेको छ ।                                                                                                      त्रिभुवन विश्वविद्यालय रजिष्ट्रारको कार्यालय आर्थिक प्रशासन महाशाखाले भदौ ३ गते को सूचना भर्खरै प्रकाशित गरेर तलब बढेको जानकारी गराएको छ । नेपाल सरकारद्धारा २०७८ साल श्रावण १ गतेदेखि लागू हुनेगरी निजामति, प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, नेपाल स्वास्थ्य सेवा, संसद सेवा, सामुदायिक विद्यालयका शिक्षक र प्रदेश तथा स्थानीय तहका कर्मचारीहरुका लागि यस अघि नै बढाइएको छ । उनीहरुको तलव २०७८ श्रावण १ गतेदेखि लागू हुनेगरी नयाँ तलबमान ( tribhuvan university salary scale ) , ग्रेड र प्राविधिक ग्रेड निर्धारण गरेको हुँदा त्रिविलेपनि सोही मुताविक गरेको सूचनामा भनिएको छ ।                                                                                                            त्रिविको केन्द्रीय कोषबाट तलबभत्ता पाउने पदाधिकारी, शिक्षक तथा कर्मचारीहरुको तलबमान, ग्रडदर २०७८ साल श्रावण १ गतेदेखि नै लागू हुनेगरी त्रिवि कार्यकारी परिषद्ले निर्णय गरेको जनाइएको छ । मिति २०७८ भदौ १ गते बसेको बैठकको निर्णय नं. ९८८ को निर्णयानुसार बृद्धि गर्ने निर्णय भएकाले आवश्यक कार्याथ अनुरोध गरिएको छ सूचनामा भनिएको छ । सूचनामा उल्लेख भए अनुसार उपकुलपतिको तलब नेपाल सरकारका मन्त्रीको भन्दा बढी छ ।                                                                        हालका मन्त्रीको मासिक तलब ७० हजार रुपैयाँ रहेको छ । उपकुलपतिको भने ७३ हजार ९ सय ८० पुगेको छ । जबकी प्रधानमन्त्रीको नै ७७ हजार २ सय ८० रुपैयाँ छ । उपप्रधानमन्त्रीको मासिक तलब पनि ७७ हजार रुपैयाँ रहेको छ । यसैगरी शिक्षाध्यक्ष, रजिष्ट्रार, सेवा आयोगका सदस्य, डीन, कार्यकारी निर्देशक, परीक्षा नियन्त्रकको समेत मन्त्रीको भन्दा बढी छ । उनीहरुको तलब ७० हजारभन्दा माथी छ । प्राध्यापकहरु कै पनि ६२ हजार ६ सय ८० रुपैयाँ छ । यस्तो छ सूचना1630048486_1551152191_Salary-scale-page-001-1117x1536.jpg1630048486_1551152191_Salary-scale-page-002-1022x743.jpg1630048486_1551152191_Salary-scale-page-003-1022x743.jpg1630048486_1551152191_Salary-scale-page-004-1022x743.jpg

    images
    बुधवार, भाद्र १६ २०७८०९:०४:२६

    शिक्षा शर्मा

    शिक्षाको लागि कलम योद्धा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल