मंगलवार, भाद्र १ २०७८
पदाधिकारी नियुक्त भएसंगै बर्सौंदेखि रोकिएर रहेको शिक्षक छनोट र अध्यापन अनुमति पत्र (लाइसेन्स) को परीक्षाको तयारीमा जुटेको छ । शिक्षक सेवा आयोग नियमावलीमा रहेका केही बाधालाई फुकाउने बितिकै आयोग लाइसेन्स, आन्तरिक बढुवा तथा खुला विज्ञापन मार्फत शिक्षक छनोट प्रक्रियामा जानका लागि नियमावली संशोधन गर्ने पक्षमा गएको हो । आयोगले शिक्षक सेवा आयोग नियमावलीलाई संशोधनका लागि मन्त्रिपरिषदमा प्रस्ताव लगिसकेको छ । नियमावली संशोधन भएर आए लगत्तै आयोग लाइसेन्स र आन्तरिक तथा खुला विज्ञापनको परीक्षा गर्ने तयारीमा जुटेको आयोगले जानकारी दियो । लामो समय पदाधिकारी विहीन बनेको शिक्षक सेवा आयोग पदाधिकारी नियुक्ति भएसंगै शिक्षक छनोट तथा बढुवाको प्रक्रियामा जुटेको हो । लाइसेन्स, बढूवा र खुला तर्फको विज्ञापन गर्न नियमावलीमा भएका केही प्रावधानले समस्या पर्ने देखिएपछि आयोगले नियमावली संशोधनका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लगेको आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले जानकारी दिए । सो प्रस्ताव पारित भएपछि मात्रै आयोगले नियमित प्रक्रिया अगाडि बढाउने उनले जानकारी दिए ।
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल