बुधवार, श्रावण २७ २०७८
देशभर बढ्दै गएको कोरोना महामारीबीच कक्षा १२ को परीक्षा यसअघि नै स्थगित भैसकेको छ । बीचमा त्रिभुवन विश्वविद्यालयले पनि परीक्षा स्थगन गरेको छ ।
त्रिविले परीक्षा रोकेको सम्बन्धी अत्यन्त जरुरी सूचना प्रकाशित गरेको हो । विश्वविद्यालय वन विज्ञान अध्ययन संस्थान डीनको कार्यालय परीक्षा नियन्त्रण माहाशाखा पोखराले परीक्षा स्थगन गरिएको सम्बन्धी जानकारी साझा गरेको छ ।
परीक्षा स्थगित भएको सम्बन्धी सूचना जारी गर्दै त्रिविले भनेको छ, ‘उपरोक्त सम्बन्धमा २०७८ साल श्रावण ३२ गतेदेखि सञ्चालन हुने स्नातक तह तथा स्नातकोत्तर तहको नियमित परीक्षा देशमा द्रुतगतिमा फैलिरहेको कोभिड–१९ संक्रमणका कारण हाललाई स्थगित गरिएको छ । सो परीक्षा आगामी भाद्र महिनाको तेस्रो हप्तादेखि अनलाइन सञ्चालन हुने ब्यहोरा पनि सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।’ 
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल