Oct 29 2026 | २०८३, कार्तिक १३गते

कक्षा १२ को परीक्षा मंसिरमा हुने

कक्षा १२ को परीक्षा मंसिरमा हुने

  • 2.8K
    SHARES

  • कक्षा १२ को परीक्षा मंसिरमा हुने

    स्थगित गरिएको कक्षा १२ को परीक्षा आगामी मङ्सिर महिनामा सञ्चालन हुने भएको छ । कक्षा १२ को परीक्षा स्थगितपछि परीक्षालाई लिएर विद्यार्थी अन्योलमा छन् ।                                                                                                                                               

    अब परीक्षा हुन्छ वा हुँदैन वा कुन विधिबाट हुनेछ भन्ने लगायतका जिज्ञाशा र अन्योल बढाइदिएको छ । राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले आगामी मङ्सिरमा परीक्षा सञ्चालन गरिने जानकारी दिए । “अहिले नै हामी परीक्षा सञ्चालन गर्नसक्ने अवस्थामा थियौँ, तर स्थगित गर्न लगाइयो” उनले भने, “हालको सङ्क्रमणको अवस्थामा मङ्सिरसम्ममा पक्कै सुधार आउने अपेक्षा गरौँ । त्यसो हो भने मङ्सिरमा परीक्षा सञ्चालन गर्न समस्या हुने छैन ।” उनले मङ्सिरमा भौतिक उपस्थितिमा परीक्षा सञ्चालन हुन नसके परीक्षाका अन्य वैकल्पिक विधि अपनाइने बताए । “भच्र्युअल लगायतका विधिलाई अपनाउन सकिन्छ” परीक्षा नियन्त्रक शर्माले भने, “लिखित परीक्षा पूर्ण अङ्ककै हुनेछ ।                                                                                                                                                                         

      विगतको जस्तो ४० प्रतिशतमात्र लिखित परीक्षा हुने अवस्था यो पटक दोहोर्याइँदैन ।” साउन ३१ गतेबाट परीक्षा हुने पूर्व निर्धारित परीक्षा तालिका सार्वजनिक गरिएअनुरुप परीक्षाको तयारी भइसकेको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जोडले शनिबार परीक्षा स्थगित गर्ने निर्णय भएको थियो ।

    images
    बुधवार, श्रावण २७ २०७८०७:५८:२३

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल