Oct 29 2026 | २०८३, कार्तिक १३गते

त्रिविको लापरबाही एउटै कोठामा १२० बिद्यार्थी राखेर परीक्षा : बिरोध गर्दा प्रहरी धरपकड

त्रिविको लापरबाही एउटै कोठामा १२० बिद्यार्थी राखेर परीक्षा : बिरोध गर्दा प्रहरी धरपकड

  • 1.8K
    SHARES

  • त्रिविको लापरबाही एउटै कोठामा १२० बिद्यार्थी राखेर परीक्षा : बिरोध गर्दा प्रहरी धरपकड

    ‘नो भ्याक्सिन, नो एक्जाम’ अभियान खुबै चम्किएको छ । आज एउटै कक्षामा १२० जना बिद्यार्थी राखिएको र हामीले असुरक्षित महसुस गरेका छौँ भन्दै त्रिभुवन बिश्वबिद्यालय पद्माकन्या बहुमुखी क्याम्पस अगाडि बिद्यार्थीहरूले प्रर्दशन गरेका छन् ।                                                                           

    ‘नो भ्याक्सिन, नो एक्जाम’, वी वाण्ट जस्टिस भन्दै विद्यार्थीले नारा जुलुस लगाए । परीक्षा हल र केन्द्रमा नै निक्कै हंगामा आयो । विद्यार्थीको बिरोध प्रदर्शनले परीक्षामा खटिएका कर्मचारीहरु आत्तिए । त्यहाँ ठूलो संख्यामा सुरक्षाकर्मी बोलाइयो । सुरक्षाकर्मीले घेरा हाले । एकैछिन परीक्षा केन्द्र असहज बन्यो ।                                                                                                               

    भित्र सिट प्लान हेर्दा नभन्दै एउटा कक्षामा १२० जना बिद्यार्थी राखिएको थियो । सरकारले कम्तिमा २५ जना मात्र विद्यार्थी परीक्षा हलमा राखेर परीक्षा गर्न मापदण्ड बनाएको छ । कक्षा १२ को परीक्षा सञ्चालन गर्दा कोरोना भाइरस (कोभिड–१९) को महामारी फैलिने भन्दै सरकारकै आग्रहमा केन्द्रीय परीक्षा बोर्डले स्थगित गरेको छ । तर मुलुककै जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयले भने पूर्व घोषित परीक्षाहरु स्थगित गरेको छैन ।                                                                                           

      कक्षा १२ को परीक्षा रोकेर अरु परीक्षा सञ्चालन गर्न दिएको भन्दै सरकारको तिब्र आलोचना भएको छ । साथै परीक्षाको विकल्प नदिई स्थगित गरेर सरकारले असक्षमता देखाएको गुनासो सर्वत्र छ । वैकल्पिक तरिकाले परीक्षा सञ्चालन गर्नुपर्ने वा परीक्षार्थीलाई तत्काल खोप दिनुपर्ने माग जो कोहीले उठाएका छन् । यो सामाग्री साझा गरेर यो अभियानमा तपाईहरुपनि सहभागी बन्नुहोस् ।

    images
    मंगलवार, श्रावण २६ २०७८०२:३४:१२

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल