Oct 29 2026 | २०८३, कार्तिक १३गते

शिक्षक सेवा खुल्ने बारे आयोगका अध्यक्ष रेग्मीको यस्तो खुलासा

शिक्षक सेवा खुल्ने बारे आयोगका अध्यक्ष रेग्मीको यस्तो खुलासा

  • 7.0K
    SHARES

  • शिक्षक सेवा खुल्ने बारे आयोगका अध्यक्ष रेग्मीको यस्तो खुलासा

    हालै मात्र शिक्षाक सेवा आयोगको जिम्मेवारी पाएका मधु प्रसाद रेग्मीले लोकसेवा आयोगको भुमिका भन्दा शिक्षक सेवा आयोगको अझ बढी भुमिका रहेको शिक्षक सेवा आयोगका बताएका छन्।                                                                                                                                                               

      शिक्षक सेवा आयोगले शिक्षक अनुमति पत्र पनि वितरण गर्ने भएकोले लोकसेवा आयोगको भुमिका भन्दा शिक्षक सेवा आयोगको अझ बढी रहेको रेग्मीको तर्क छ।                                                                                                                                                                                         

    निजामति कर्मचमरीका लागि लोकसेवा आयोगको जुन भुमिका छ शिक्षकहरुको सन्दर्भमा शिक्षक सेवा आयोगको भुमिका त्यो भन्दा कम छैन अझ बढी छ भन्दै रेग्मीले थपे- किन बढी छ भने शिक्षक सेवा आयोगले शिक्षक अनुमति पत्र दिने पनि काम गर्छ । यसको अर्थ शिक्षकहरुको छनोटमा योग्य उम्मेदवारमात्रै प्रतिस्पर्धामा आउन भन्ने हिसावले शिक्षा ऐन र त्यस अन्र्तगतका नियमावलिले परिकल्पना गरेको छ । त्यसैगरी शिक्षकसेवा आयोलाई पारदर्शी र निश्पक्ष बनाउनको लागि छनोटमा जाँदा र परीक्षा लिदाँ कहिकतै कसैका आफ्ना आफन्तहरु नपरुन भन्ने कुरालाई हेरिने र एउटा काममा सहभागिता भएको व्याक्तिलाई अर्को काममा सहभागित नगराईने जस्ता कुरालाई जोड दिने रेग्मीले बताए। मुख्य गरेर शिक्षक सेवा आयोगले शिक्षकहरुको छनोट प्रकृयालाई कसरी विधि र पद्धतिका अधारमा बनाउन सकिन्छ, कसरी एउटा योग्यता प्रणालीको संरक्षण गर्न सकिन्छ जस्ता काम प्राथमिकताका साथ कामगरेर आयोगको प्रतिष्ठा,गरिमालाई उचो बनाउने जस्ता उदेश्य रहेको जानकारी दिए ।                                                                                             

      अब नयाँ विज्ञापन खोल्दा २०७८ चैत्र सम्ममा रिक्तहुने पदका आधारमा खोलिने र त्यसको लागि पुरानो विवरण आइसकेको र नयाँ विवरण संकलन गरिने बताए । साथै समयमै विवरण आएको खण्डमा कुनै प्राविधिक कठिनाई नआए विज्ञापन तिहार पछाडि खोलिने रेग्मीको भनाई छ ।

    images
    सोमवार, श्रावण २५ २०७८०८:४४:४७

    शिक्षा शर्मा

    शिक्षाको लागि कलम योद्धा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल