Oct 29 2026 | २०८३, कार्तिक १३गते

शिक्षक महासंघको धर्ना : माग के के हुन हेर्नुस्

शिक्षक महासंघको धर्ना : माग के के हुन हेर्नुस्

  • 2.2K
    SHARES

  • शिक्षक महासंघको धर्ना : माग के के हुन हेर्नुस्

    नेपाल शिक्षक महासंघमा आवद्ध शिक्षकहरुले सरकारले आफ्ना माग पूरा नगरेको भन्दै शिक्षा तथा मानव स्रोत विकास केन्द्र अगाडि धर्ना दिएका छन्।                                                                                                                       

    शुक्रबार शिक्षकका मागहरुप्रति सरकारको ध्यानाकर्षण गराउन शिक्षकहरुले केन्द्र परिसरमा बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म धर्ना दिएका हुन्। महासंघका ३४ बुँदे मागमा सरकारले चासो नदेखाएकाले शिक्षकहरु आमरण अनसनमा बसेर नै आफ्ना माग पूरा गराउनुपर्ने परिस्थिति सिर्जना भएकाले धर्ना दिनुपरेको शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले बताए ।                                                                                                       

    महासंघले प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको तलब वृद्धि, गुणस्तरीय शिक्षाको लागि राज्यले कुल बजेटको २० प्रतिशत लगानी गर्नुपर्ने, संघीय शिक्षा ऐन जारी गर्नुपर्ने, संवैधानिक प्रबन्धमा परिवर्तन गर्नुपर्ने लगायतका ३४ बुँदे माग राख्दै महासंघ गत वैशाख २० गतेदेखि आन्दोलन गर्दै आएको छ।                                                                                                                                       

      महासंघले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री जनार्दन शर्मालाई भेटेर आफ्ना मागका विषयमा ध्यानाकर्षण गराइसकेको छ।

    images
    आइतवार, श्रावण २४ २०७८०१:५५:५०

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल