Oct 29 2026 | २०८३, कार्तिक १३गते

शिक्षक महासंघद्धारा चौथो चरणको आन्दोलन सुरु

शिक्षक महासंघद्धारा चौथो चरणको आन्दोलन सुरु

  • 2.0K
    SHARES

  • शिक्षक महासंघद्धारा चौथो चरणको आन्दोलन सुरु

    नेपाल शिक्षक महासङ्घले चौथो चरणको आन्दोलन सुरु गरेको छ। आफ्ना ३४ सुत्रिय माग पूरा गराउनका लागि महासङ्घले देशब्यापी रुपमा रिले अनसन सुरु गरेको हो ।                                                           

     गत बैशाख २० गते देखि सामाजिक सञ्जाल मार्फत विभिन्न चरण बद्ध आन्दोलन गर्दे आएको महासङ्ले चौथो चरणको आन्दोलन अन्तर्गत आजदेखि देशभरका स्थानीय तहमा रिले अनसनमा बसेका छन् ।                                                                               

     आज हरेक पालिकाको कार्यालयमा कम्तीमा एक महिलासहित ३ जना, जिल्लाको शिक्षा समन्वय एकाइमा कम्तीमा २ महिलासहित ५ जना, प्रदेशको सामाजिक विकास मन्त्रालयमा कम्तीमा ३ महिला शिक्षकसहित १० जना र काठमाडौंको माइतीघर मण्डलामा कम्तीमा ५ महिलासहित २० जना शिक्षक कर्मचारी रिले अनसनमा बसेका छन् ।                                                                                   

    महासंघको ३४ सुत्रिय मागमा मुख्य गरेर शिक्षामा बजेट बढाउनु पर्ने, राहत शिक्षक, ईसिडि शिक्षक, साविक उच्च माविका शिक्षकहरुको समस्या समाधान गर्नुपर्ने, विद्यालय कर्मचारीहरुको समस्या समाधान, छिटो संघिय शिक्षा ऐन ल्याउनु पर्ने लगायतछन् । आज बिहान ८ बजेबाट सुरु भएको रिले अनसन दिउसो ४ बजे सकिने महासंघले जनाएको छ ।Screenshot_20210730-201038_Chrome.jpg

    images
    शुक्रवार, श्रावण १५ २०७८०८:१८:५५

    शिक्षा शर्मा

    शिक्षाको लागि कलम योद्धा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल