Oct 29 2026 | २०८३, कार्तिक १३गते

बोर्डले एसईईको रिजल्ट प्रकाशित हुने दिन तोक्यो

बोर्डले एसईईको रिजल्ट प्रकाशित हुने दिन तोक्यो

  • 3.9K
    SHARES

  • बोर्डले एसईईको रिजल्ट प्रकाशित हुने दिन तोक्यो

    राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीमा २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को मूल्याङ्कन विवरण इन्ट्री सकेर नम्बर रुजु गर्ने काम भइरहेको छ ।                                                                                             

     सबै जिल्लाको नतिजा विवरण शुक्रबार भित्र रुजु सकेर त्यसको एक हप्ता भित्र नतिजा सार्वजनिक गर्ने तयारी बोर्डले गरेको हो । शैक्षिक सत्र २०७७ को एसईईको नतिजा साउन २५ गतेभित्र सार्वजनिक गर्ने परीक्षा बोर्डले तयारी गरिरहेको बोर्डले जानकारी दियो ।                                                                                                                     

     बोर्डमा कुनै प्राविधिक कठिनाइ नभए साउन २५ गते भित्र नतिजा सार्वजनिक गरिने परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का परीक्षा नियन्त्रक रुद्र अधिकारीले बताए। उनका अनुसार २०७७ सालको एसइई परीक्षाको लागि पाँच लाख १७ हजार विद्यार्थीले रजिष्ट्रेशन फारम भरेका थिए। दोस्रो लहरको कोभिड–१९ सङ्क्रमण बढ्दै तीव्र रुपमा फैलिएपछि सरकारले जारी गरेको                                                               

      निषेधाज्ञाका कारण गत वैशाख २७ गते एसइई परीक्षा स्थगित भएको थियो। आन्तरिक मूल्याङ्कनलाई नै प्रमाणीकरण गरी सार्वजनिक गर्ने गरी जेठ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको थियो। बोर्डले एसइईको विद्यार्थी मूल्याङ्कन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७८ अनुसार मूल्याङ्कन गर्ने गरी कार्यविधि जारी गरेको थियो । सो कार्यविधिमा सैद्धान्तिकतर्फ कुनै पनि विषयमा कुनै पनि विद्यार्थीले ८० प्रतिशत वा सोभन्दा बढी प्राप्ताङ्क प्राप्त गरेमा विषगत शिक्षकले कारण खुलाउनु पर्ने प्रावधान राखेको थियो ।

    images
    शुक्रवार, श्रावण १५ २०७८०७:१८:३१

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल