Oct 29 2026 | २०८३, कार्तिक १३गते

शिक्षक महासंघ अनसन बस्दै : यस्ताछन ३४ बुँद्दे मागहरु

शिक्षक महासंघ अनसन बस्दै : यस्ताछन ३४ बुँद्दे मागहरु

  • 11.7K
    SHARES

  • शिक्षक महासंघ अनसन बस्दै : यस्ताछन ३४ बुँद्दे मागहरु

    नेपाल शिक्षक महासङ्घले आफ्ना ३४ सुत्रिय माग पूरा गराउनका लागि सरकारलाई दबाब दिन रिले अनसन बस्ने भएको छ । आफ्ना माग प्रति सरकारले सुनुवाई नगरे पछि दबाबका लागि रिले अनसन बस्ने भएको हो ।                                               

     

      कोभिड-१९ महामारीको विचमा पनि बैशाख २० गते देखि सामाजिक सञ्जाल मार्फत विभिन्न चरण बद्ध आन्दोलन गर्दे आएको महासङ्ले चौथो चरणको आन्दोलन अन्र्तगत साउन १५ गते पनि रिले अनसन बस्ने जनाएको छ । नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदिले शिक्षकका महत्वपुर्ण ३४ सुत्रिय माग लिएर आन्दोलनमा गएको र यसलाई निर्णायक अवस्थामा पुर्याएर मात्रै आन्दोलन बाट फिर्ता हुने बताउनु भयो । सबै शिक्षक, कर्मचारीहरुलाई आन्दोलनमा सहभागि हुन समेत आग्रह गर्नु भएको छ ।                                                             

     

      साउन १५ गते हरेक पालिकाको कार्यालयमा कम्तीमा एक महिलासहित ३ जना , जिल्लाको शिक्षा समन्वय एकाइमा कम्तीमा २ महिलासहित ५ जना, प्रदेशको सामाजिक विकास मन्त्रालयमा कम्तीमा ३ महिला शिक्षकसहित १० जना र काठमाडौंको माइतीघर मण्डलामा कम्तीमा ५ महिलासहित २० जना शिक्षक कर्मचारी रिले अनसनमा बस्नेछन् । अनसनको बिहान ८ बजे बाट सुरु भएर दिउसो ४ बजे सकिने महासंघले जनाएको छ । मुख्य गरेर शिक्षामा बजेट बढाउनु पर्ने, राहत शिक्षक, ईसिडि शिक्षक, साविक उच्च माविका शिक्षकहरुको समस्या समाधान गर्नुपर्ने, विद्यालय कर्मचारीहरुको समस्या समाधान, छिटो संघिय शिक्षा ऐन ल्याउनु पर्ने लगायत ३४ सुत्रिय माग राख्दै महासंघले चरण बद्ध आन्दोलन गरिरहेको छ ।

    images
    मंगलवार, श्रावण १२ २०७८०७:४६:२४

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल