Oct 29 2026 | २०८३, कार्तिक १३गते

एसईई नतिजा नआउदै भर्ना गरे कार्वाही हुने

एसईई नतिजा नआउदै भर्ना गरे कार्वाही हुने

  • 2.0K
    SHARES

  • एसईई नतिजा नआउदै  भर्ना गरे कार्वाही हुने

    एसईईको नतिजा सार्वजनिक नभई कक्षा ११ मा भर्ना लिन नपाइने भएको छ । काठमाडौं महानगरपालिका शिक्षा विभागले ईडियुपत्रले ‘प्रिरजिष्ट्रेसनका नाममा धमाधम भर्ना’ शीर्षकमा समाचार प्रकाशित गरेको केही घन्टामा नै  एसईईको नतिजा प्रकाशन नहुँदै भर्ना लिन नपाउने सबै कलेज तथा विद्यालयलाई निर्देशन दिएको हो ।                                                                                                             

     

      काठमाडौं महानगरपालिका,विद्यालय शिक्षा व्यवस्थापन नियमावली,२०७४ को नियम ४८९६० मा भएको व्यवस्था विपरीत कतिपय मा।वि।रकलेजहरुले शैक्षिक सत्र २०७७ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन नहुँदै कक्षा ११ मा भर्ना लिन थालेको भन्ने गुनासो आएकोमा यस विभागको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । शिक्षा अधिकारी रामप्रसाद सुवेदीले अहिले एक सूचना जारी गरी ‘माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन नहुँदै कक्षा ११ मा भर्ना नलिने, कक्षा ११ मा भर्ना गर्दाको समयमा नै कक्षा ११ र १२ मा विद्यार्थी संग लिइने कुल रकम तोक्नु पर्ने, विद्यार्थी संग रजिष्ट्रेशन दस्तुर परीक्षा शुल्क लिंदा राष्ट्रिय परीक्षा बोर्डले तोकेको शुल्क मात्र लिने ।’ उल्लेख गरेको छ ।                                                                                               

     

    सो सूचना मार्फत महानगर शिक्षा विभागले विद्यार्थीलाई किताब, युनिफर्म अन्य शैक्षिक सामग्री विद्यालयले भनेकै स्थानमा खरिद गर्न बाध्य नगर्ने, मावि तथाकलेजहरुले कक्षा ११ र १२ मा विद्यार्थीहरुलाई दिइने सेवा र विद्यार्थीहरुवाट लिइने शुल्क के कति हो सो को विवरण सायन १५ गते भित्र विभागमा पेश गर्न निर्देश्न दिएको छ ।                                                                                                           

      विभागले सबै विद्यालयले तोकिए अनुसारको छात्रवृत्ति अनिवार्य रुपमा प्रदान गर्नुपर्ने र छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरुको विवरण शैक्षिक सत्र शुरु भएको दुई महिना भित्र विभागमा पेश गरिसक्नु पर्ने निर्देशन दिएको छ । सो निर्देशन पालना नगर्ने मावि तथा कलेजहरुलाई न कानुन बमोजिम कारवाही गर्ने चेतावनी समेत शिक्षा विभागले दिएको छ ।photo_2021-07-18_17-08-14.jpg

    images
    सोमवार, श्रावण ४ २०७८०१:१९:५७

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल