शनिवार, श्रावण २ २०७८
परीक्षा नियन्त्रण कार्यालय माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा साउन मसान्तभित्र सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।
हालसम्म २५ जिल्लाले विद्यार्थीको मूल्याङ्कन विवरण बोर्डमा पढाइसकेका छन् । बाँकी जिल्लाले साउनको पहिलो हप्ताभित्र विद्यार्थीको विवरण पठाएमा बोर्डले साउन मसान्तभित्र नतिजा सार्वजनिक गर्ने परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का परीक्षा नियन्त्रक रुद्रप्रसाद अधिकारीले बताए । प्रतिकुल परिस्थितिका कारण विद्यालयलाई नतिजा पठाउन समस्या भएका कारण धेरैजसो जिल्लाले परीक्षा नियन्त्रण कार्यालयमा रिपोर्ट पठाएका छैनन् ।
माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० को विद्यार्थी मूल्याङ्कन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७८ अनुसार विद्यार्थीको मूल्यांकन नतिजाको हार्डकपी र सफ्टकपी विद्यालयले असार २० भित्र जिल्ला शिक्षा विकास समन्वय इकाइमा बुझाउनु पर्ने व्यवस्था गरेको थियो । इकाइले असार मसान्तभित्र परीक्षण नियन्त्रण कार्यालयमा बुझाउने व्यवस्था थियो ।
कार्यविधि अनुसार एसईईको मूल्याङ्कन गर्दा विषय शिक्षकले विद्यार्थीको निर्माणात्मक मूल्याङ्कन २० प्रतिशत (विद्यार्थीको हाजिरी, प्रस्तुतिलगायतको विषय), निर्णयात्मक ५५ प्रतिशत (विद्यालयले लिएको त्रैमासिक परीक्षाको मूल्यांकन) र प्रयोगात्मककोलागि २५ प्रतिशत अंक दिन पाउने व्यवस्था गरेको छ।
प्रयोगात्मक नभएका विषयहरुमा निर्माणात्मक २५ प्रतिशत र निर्णयात्मक ७५ प्रतिशत मूल्याङ्कन आधार तोकिएको छ
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल