शनिवार, आषाढ २६ २०७८
पोखरामा आफ्नै विद्यालयकी छात्रालाई यौन दुराचार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् ।
पोखरा–२२ स्थित भुम्दिकोट माविका प्रधानाध्यापक विश्वराज बास्तोलाले आफ्नै विद्यालयकी छात्रालाई यौन दुराचार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । आफ्नै विद्यालयकी १५ वर्षीया छात्रामाथि दुराचार गरेको उजुरीका आधारमा आवश्यक अनुसन्धानका लागि बास्तोलालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम् डिएसपी सुवास हमालले जानकारी दिए ।
यौन दुराचारपछि छात्रामा मानसिक समस्या देखिएको र अभिभावकले पटकपटक अस्पताल लग्दा समेत ठुलो समस्या नदेखिएपछि फकाएर सोधखोज गर्दा शिक्षकले दुव्र्यवहार गर्ने गरेको खुलेको हो । बालिकाका परिवारले बास्तोलाले यौन दुराचार गरेको थाहा पाएपछि कुटपिट गरेपछि घटना सार्वजनिक भएको हो ।
बुधबार बालिकाका परिवारले बास्तोलालाई कुटपिट गरेको जानकारी पाएलगत्तै प्रहरी घटनास्थल पुगेर उपचारका लागि गण्डकी मेडिकल कलेज लगेको थियो । बालिकाको परिवारले शिक्षक बास्तोलाविरुद्ध बुधबार नै किटानी जाहेरी दिएका थिए ।
परिवारले प्रहरीलाई दिएको जाहेरीमा पटक–पटक यौन दुव्र्यवहार गरेको, म्यासेजमार्फत अश्लिल सन्देश पठाउने गरेको लगायत उल्लेख गरिएको छ । प्रहरीले नियन्त्रणमा लिएका बस्तोलालाई अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको डिएसपी हमालले बताए । ‘बालिकाका परिवारको उजुरीका आधारमा पक्राउ गरी आवश्यक अनुसन्धानका लागि प्रक्रिया अघि बढाएका छौ’ उनले भने ।
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल