शनिवार, आषाढ १९ २०७८
उत्कृष्ट प्राप्ताङ्कका आधारमा कक्षा एकमा विद्यार्थी भर्ना गर्दै आएको ललितपुरको जावलाखेलस्थित सेन्ट जेभियर्स स्कुलले यस वर्ष गोलाप्रथाद्वारा विद्यार्थी भर्ना गरेको छ।
भर्नाका लागि आवेदन दिएका झन्डै ५ हजार मध्य प्रवेश परीक्षामा ६० प्रतिशतसम्म अंक ल्याउने १३४६ बालबालिकालाई गोलाप्रथामा समावेश गरिएको थियो।
विभिन्न ६ कोटा निर्धारण गरी गोलाप्रथाका लागि सिट छुट्याइएको थियो। साधारण कोटाका लागि ९० सिट छुट्याइएकामा छात्र ५४ र छात्रा ३६ जनाका लागि सिट छुट्याइएको थियो। स्कुलको
हलमा आयोजित एक कार्यक्रमबीच टिभी लाइभ गरी गोलाप्रथाद्वारा विद्यार्थी छनौट गरिएको हो। छानिएका १७५ विद्यार्थीहरुको सूची सेन्ट जेभियर्स स्कुलको वेबसाइटमा शुक्रबार साँझ प्रकाशित गरिसकेको छ ।
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल