Oct 29 2026 | २०८३, कार्तिक १३गते

माध्यमिक शिक्षा

एसईइ र कक्षा १२ काे परीक्षा नयाँ माेडालिटीमा गरिने !

एसईइ र कक्षा १२ काे परीक्षा नयाँ माेडालिटीमा गरिने !

  • बिहिवार, जेठ ६ २०७८

  • 6.4K
    SHARES

  • एसईइ र कक्षा १२ काे परीक्षा नयाँ माेडालिटीमा गरिने !

    सरकारले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) तथा कक्षा १२ को राष्ट्रिय परीक्षा कसरी सञ्चालन गर्ने भन्ने सम्बन्धमा अध्ययन सुरु गरेको छ ।

    राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. चन्द्रमणि पौडेलले परीक्षाको मोडालिटीमा बारेमा अध्ययन गर्न गठित कार्यदलले यस विषयमा अध्ययन थालिसकेको जानकारी दिए ।

    देशैभरी कोरोना (कोभिड–१९)को सङ्कट भइरहँदा झन्डै आठ लाखभन्दा विद्यार्थीलाई कसरी परीक्षाको निकास दिने भन्नेबारे अध्ययन सुरु गरिएको हो ।

    यश अघि बोर्डले जेठ १३ गतेबाट एसईई तथा जेठ अन्तिम साताबाट कक्षा १२ को परीक्षा लिने निधो गरेको थियो । कोरोना बढ्दै गई निषेधाज्ञाको चरणमा पुगेपछि परीक्षा स्थगित गरी परिवर्तित परिस्थितिमा परीक्षाको मोडालिटीमा विषयमा अध्ययन गर्ने निर्णय गरेको थियो ।

    परिक्षाको मोडालिटिको बारे शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालको नेतृत्वमा अध्ययन समिति गठन गरिएको छ । बोर्डका अध्यक्ष डा. पौडेलले आफूहरूले कार्यदलकै अध्ययन प्रतिवेदन पर्खेको र त्यसकै आधारमा उपयुक्त विकल्पमा निर्णय गरिने जानकारी दिए । कार्यदल वैशाख २७ गते गठन गरिएको थियो । कार्यदललाई १५ दिनको समयसीमा दिइएको थियो ।

    यो समाचार आजको गोरखापत्र दैनिकमा छ

    images
    बिहिवार, जेठ ६ २०७८११:४२:३०
    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल