Oct 29 2026 | २०८३, कार्तिक १३गते

देशैभर ५० हजार शिक्षक आवश्यक: ईसिडीं शिक्षकले प्रा.वि. शिक्षक सरह तलब पाउन टुंगो लाग्यो !

देशैभर ५० हजार शिक्षक आवश्यक: ईसिडीं शिक्षकले प्रा.वि. शिक्षक सरह तलब पाउन टुंगो लाग्यो !

  • बुधवार, चैत्र ११ २०७७

  • 2.1K
    SHARES

  • देशैभर ५० हजार शिक्षक आवश्यक: ईसिडीं शिक्षकले प्रा.वि. शिक्षक सरह तलब पाउन टुंगो लाग्यो !

    काठमाडौँ - देशभर ५० हजार शिक्षक आवश्यक रहेको एक तथ्याङ्कले देखाएको छ । सरकारद्वारा गठित शिक्षक दरबन्दी पुनर्वितरण सुझाब कार्यदलले तयार पारेको तथ्याङ्कमा करिब ५० हजार शिक्षक अपुग भएको देखाएको हो । 

    कार्यदलको तथ्यांकअनुसार प्रा.वि. तहमा करिब १ हजार, मा.वि.मा २१ हजार र कक्षा ११ र १२ का लागि झन्डै ४ हजार शिक्षकको दरबन्दी आवश्यक रहेको छ ।

    सामुदायिक बिधालयमा शिक्षक अभावका कारण शैक्षिक गुणस्तर घट्दै गएका कारण सरकारले गुणस्तर र नयाँ शिक्षकको दरबन्दी निक्र्योल गर्न कार्यदल गठन गरेको हो ।

    सरकारले आगामी आर्थिक वर्ष बाट प्रारम्भिक वालविकास कक्षा सहयोगी ईसिडीं (ECD) शिक्षकलाई कम्तीमा प्रावि शिक्षक सरह तलब दिन गृहकार्य अगाडी बढाएको छ। यसको लागि बजेटमै ब्यबस्था गरेर उक्त कार्य गरिने अर्थमन्त्रालय श्रोतले जानकारी दियो।

    यसअघि ईसिडी शिक्षकलाई कम्तीमा प्रावि शिक्षक सरह तलब दिन अर्थ मन्त्रालय संग शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले अनुरोध गर्दै बजेटको ब्यबस्था मिलाईदिन पत्राचार गरेको थियो ।

    images
    बुधवार, चैत्र ११ २०७७०६:२१:१०
    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल