Oct 28 2026 | २०८३, कार्तिक १२गते

बिद्यालय शिक्षा

कक्षा ११ को आंशिक र ग्रेड वृद्धि परीक्षाको नतिजा प्रकाशित !

कक्षा ११ को आंशिक र ग्रेड वृद्धि परीक्षाको नतिजा प्रकाशित !

  • बुधवार, चैत्र ४ २०७७

  • 2.4K
    SHARES

  • कक्षा ११ को आंशिक र ग्रेड वृद्धि परीक्षाको नतिजा प्रकाशित !

    काठमाडौ - कक्षा ११ को परिक्षाफल प्रकाशित भएको छ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को आंशिक र ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

    बोर्डको आजको बैठकले परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्याङ्कन, नतिजा प्रकाशन र प्रमाणीकरण कार्यविधि, २०७७ मा भएको व्यवस्था बमोजिम प्रमाणीकरण गरेको हो । यो वर्ष ०६५–०७६ सम्मका विद्यार्थीहरुका लागि विशेष प्राथमिकतामा राख्दै राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को मौका परीक्षा सञ्चालन गरेको थियो ।

    कोभिड १९ का कारण कक्षा ११ को परीक्षा होम सेन्टरमा सञ्चालन गरिएको र परीक्षामा आंशिक (अक्षराङ्कनतफ) कूल १ लाख ५६ हजार ९६३ आशिक (अङ्कनतर्फ) १०२८७ परीक्षार्थी सम्मिलित थिए ।

    परीक्षामा दुई जना परीर्थाीको परीक्षा रद्द गरिएको बोर्डले प्रकाशित गरेको सूचनामा उल्लेख गरिएको छ भने अङ्कनतर्फ ७८.६३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।

    परीक्षाको नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेवसाइट, नेपाल टेलिकमको वेवसाइट र एसएसएस सेवाबाट हेर्न सकिने बोर्डले जनाएको छ। नेपाल टेलिकमको १६०० मा NEBSymbol No. टाइप गरी पठाएर नतिजा हेर्न सकिने छ भने १६०१ मा फोन डायल गरी नतिजाबारे जानकारी लिन सकिनेछ।

    हेर्नुस सूचना सहित : FB_IMG_1615988609393.jpg

    images
    बुधवार, चैत्र ४ २०७७०९:०९:१२
    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल