मंगलवार, फाल्गुण २५ २०७७
काठमाडौ, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले प्रारम्भिक वालविकास कक्षा सहयोगी (ईसिडी) शिक्षकलाई कम्तीमा प्रा.वि. तहको तलब दिन छलफल गरिरहेको जानकारी दिएको छ ।
शिक्षा मन्त्रालय अनुसार अहिले बनाईरहेको रणनीति, मापदण्ड र निर्देशिका आदि कार्यहरुमा अर्थ मन्त्रालयको सहमति जनाउनका लागि मन्त्रालयले ल्याउने हरेक डकुमेन्टमा तलबको हकमा यस्तो निर्णय गर्न लागेको शिक्षा मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
मन्त्रालय स्रोतका अनुसार ईसीडि शिक्षकलाई प्रावि शिक्षक सरहको तलब प्रदान गर्न कक्षा १२ पास गरेको शैक्षिक योग्यता हुनुपर्ने छ । तर ईसीडि शिक्षकका रुपमा हाल कार्यरत शिक्षकहरुलाई भने यो लागु नहुने पनि मन्त्रालय स्रोतले जनाएको छ ।
लामो सायदेखि ईसिडी शिक्षकहरुले श्रम ऐन अनुसार पनि पारिश्रमिक नपाएको र न्युन पारिश्रमिकमा काम गर्नु परेको गुनासो गर्दै आईरहेका छन् । हाल देशभरमा करीब बत्तिस हजार प्रारम्भिक वालविकास कक्षा सहयोगी शिक्षक रहेका छन् ।
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल