Oct 29 2026 | २०८३, कार्तिक १३गते

सामिदायिक विद्यालयका विद्यार्थीका लागि खाजाको ‘मेनु’ तयार !

सामिदायिक विद्यालयका विद्यार्थीका लागि खाजाको ‘मेनु’ तयार !

  • सोमवार, फाल्गुण १० २०७७

  • 1.7K
    SHARES

  • सामिदायिक विद्यालयका विद्यार्थीका लागि खाजाको ‘मेनु’ तयार !

    सरकारले देशभरका सबै सामुदायिक विद्यालयका प्रारम्भिक बाल विकासदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई दिवा खाजामा ‘जङ्क फुड’ खुवाउन रोक लगाएको छ ।

    यो निर्णय संगै सामुदायिक विद्यालयका विद्यार्थीलाई दिवा खाजा अनिवार्य रूपमा पकाएरै खुवाउनुपर्ने भएको छ । स्थानीय उत्पादनको अधिकतम प्रयोग गरी विद्यालयमा ताजा खाजा तयार पारेर विद्यार्थीलाई खुवाउनुपर्ने मापदण्ड सरकारले तयार पारेको छ ।

    शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक गणेश पौडेलले दैनिक एक जना विद्यार्थीले १५० देखि दुई सय ग्रामसम्म ताजा खाजा खान पाउने गरी खाजा कार्यक्रम देशभर कार्यान्वयनमा ल्याइएको जानकारी दिनुभयो । यसले विद्यार्थीको पौष्टिक पक्षका साथै पठनपाठनमा समेत सकारात्मक प्रभाव पार्ने जनाइएको छ ।

    शिक्षा तथा मानव स्रोत विकास केन्द्रले स्थानीयस्तरमा उपलब्ध उत्पादनलाई नै जोड दिने खालका विभिन्न ६० थरिका ‘मेनु’ तयार गरेको छ ।

    हेर्नुस  सामुदायीक विद्यालयमा दिवा खाजा मापदण्ड तथा काययक्रम सहजीकरण पुस्तिका  २०७६ पिडिएफ़् मा !

    https://doe.gov.np/assets/uploads/files/7d58dceca6e64b56b32086d7253f5180.pdf 

    images
    सोमवार, फाल्गुण १० २०७७०८:५१:३१
    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल