Oct 29 2026 | २०८३, कार्तिक १३गते

बिद्यालय शिक्षा

नयाँ शैक्षिक सत्र असारबाट सुरू गर्ने सरकारको तयारी , एसईई परीक्षा जेठमा हुने!

नयाँ शैक्षिक सत्र असारबाट सुरू गर्ने सरकारको तयारी , एसईई परीक्षा जेठमा हुने!

  • शुक्रवार, माघ ३० २०७७

  • 1.4K
    SHARES

  • नयाँ  शैक्षिक सत्र असारबाट सुरू गर्ने सरकारको तयारी , एसईई परीक्षा जेठमा हुने!

    शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ शैक्षिकशत्र असार महिनाबाट सुरू गर्ने तयारी गरिरहेको छ ।  नयाँ शिक्षा नियमावली संसोधन गरेर बजेटमा छाप्न पठाइ सकिएको र संसोधित नियमावली अबको एक हप्तापछि  छापिएर सार्वजनिक हुनेछ ।

     शिक्षा मन्त्रालय स्रोतका अनुसार  ‘आगामी शैक्षिक सत्रालाई असारबाट सुरू गर्नेगरी शिक्षा मन्त्रालयले तयारी गरे संगै यो वर्षको शैक्षिक सत्र लम्बिने पक्कमा भएको छ ।’

    कोभिड–१९ का कारण अस्तव्यस्त बनेको शिक्षा क्षेत्रले कोरोना संक्रमण न्यून भएसँगै पुरानै लय समात्ने मन्त्रालयको विश्वास छ ।

    एसईई जेठमा हुने

    सरकारले आगामी असारबाट नयाँ शैक्षिक सत्र सुरू गरे यस वर्षको एसईई परीक्षा आगमी जेठ महीनामा हुने आकलन गरिएको छ |

    परीक्षाको लागि प्रश्नपत्र छाप्ने, परीक्षा केन्द्र तोक्ने लगायत विभिन्न काम गर्नको लागि कम्तिमा पनि तीन महीना लाग्ने भएका कारण पनि एसईई आगामी वर्षको जेठ सम्ममा हुने उनको देखिन्छ । शिक्षा मन्त्रालयले एसईई परीक्षा कहिले सञ्चालन गर्ने भन्ने कुनै निर्णय नगरेपनि राष्ट्रियस्तरमा परीक्षा हुने भएपछि त्यसको तयारी राष्ट्रिय परिक्षा बोर्ड गरिरहेको श्रोतबाट जानकारी दिईएकोछ।

    images
    शुक्रवार, माघ ३० २०७७१०:०४:३३
    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल