Oct 28 2026 | २०८३, कार्तिक १२गते

विद्यालय शिक्षा विधेयकको मस्यौदा बनाउन सात सदस्यीय कार्यदल गठन

विद्यालय शिक्षा विधेयकको मस्यौदा बनाउन सात सदस्यीय कार्यदल गठन

  • 406
    SHARES

  • विद्यालय शिक्षा विधेयकको मस्यौदा बनाउन सात सदस्यीय कार्यदल गठन

    काठमाडौँ । विद्यालय शिक्षा विधेयकको मस्यौदा तयारीलाई तीव्रता दिन शिक्षा तथा खेलकुद मन्त्रालयले सात सदस्यीय मस्यौदा कार्यदल गठन गरेको छ।

    मन्त्रालयले शिक्षामन्त्रीका प्रमुख सल्लाहकार शैलेन्द्र झाको संयोजकत्वमा शुक्रबार कार्यदल गठन गरेको हो। कार्यदलमा मन्त्रालयका पदाधिकारीसँगै शिक्षा क्षेत्रका विज्ञहरूलाई समेत समेटिएको मन्त्रालयले जनाएको छ।

    विद्यालय शिक्षा विधेयकको मस्यौदासम्बन्धी प्राविधिक कामलाई शीघ्र अघि बढाउने उद्देश्यले कार्यदल गठन गरिएको मन्त्रालयको भनाइ छ। कार्यदलले विद्यालय शिक्षाका विभिन्न पक्षलाई समेट्दै दीर्घकालीन सुधारलाई ध्यानमा राखेर विधेयकको मस्यौदा तयार गर्नेछ।

    यसअघि तत्कालीन संसद्मा पेस भएको विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफल भएको थियो। तर, विधेयकसम्बन्धी प्रक्रिया त्यसपछि अघि बढ्न सकेको थिएन।

    मन्त्रालयका अनुसार यस पटक साबिकको विधेयकको मस्यौदालाई समेत आधार बनाइनेछ। त्यससँगै विद्यालय शिक्षाका बहुआयामिक पक्ष, वर्तमान आवश्यकता तथा दीर्घकालीन सुधारलाई समेटेर नयाँ मस्यौदा तयार गरिनेछ।

    विधेयक निर्माणका क्रममा सरोकारवालाका वास्तविक माग र आवश्यकता पहिचान गर्न मन्त्रालयले यसअघि नै सातै प्रदेशमा नीति संवाद सञ्चालन गरिसकेको छ। आगामी दिनमा अन्य सरोकारवालासँग समेत चरणबद्ध रूपमा संवाद गरी सुझाव सङ्कलन गर्ने मन्त्रालयको तयारी छ।

    विद्यालय शिक्षासम्बन्धी कानुनी व्यवस्थालाई समयानुकूल बनाउँदै सुधारका विभिन्न पक्षलाई समेटेर नयाँ विधेयक अघि बढाउने मन्त्रालयको तयारी छ।

    images
    शुक्रवार, आश्विन २ २०८३०९:१७:१०

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल