बुधवार, भाद्र २४ २०८३
काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीबाट प्रभावित विद्यालयमा नियमित पठनपाठन सञ्चालन गर्नुअघि विद्यार्थीलाई मनोसामाजिक परामर्श उपलब्ध गराउन शिक्षा विभागले निर्देशन दिएको छ।
शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गतको शिक्षा विभाग, योजना तथा कार्यक्रम शाखाले सम्बन्धित स्थानीय तहलाई पत्राचार गर्दै बाढीका कारण विद्यार्थीमा परेको मानसिक तथा मनोवैज्ञानिक असरलाई सम्बोधन गरेपछि मात्रै नियमित कक्षा सञ्चालन गर्न आग्रह गरेको हो।
विभागका निर्देशक नीलकण्ठ ढकालद्वारा जारी पत्रमा विपद्का कारण बालबालिकामा भय, त्रास, तनावलगायतका विभिन्न मनोसामाजिक समस्या देखिन सक्ने उल्लेख गरिएको छ। यस्तो अवस्थामा विद्यार्थीको मानसिक अवस्था पहिचान गरी आवश्यक सहयोग उपलब्ध गराउनु महत्वपूर्ण हुने विभागले जनाएको छ।
बाढीको त्रास तथा विपद्को प्रभावबाट सामान्य अवस्थामा नफर्किएका बालबालिकालाई सिधै नियमित कक्षामा सहभागी गराउँदा उनीहरूको सिकाइ प्रक्रिया र मानसिक स्वास्थ्यमा थप नकारात्मक असर पर्न सक्ने विभागको भनाइ छ।
त्यसका लागि सम्बन्धित विद्यालय तथा स्थानीय तहले स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीसँग आवश्यक समन्वय गर्नुपर्नेछ। स्वास्थ्यकर्मीको सहयोगमा विद्यार्थीको मनोसामाजिक अवस्था पहिचान गरी आवश्यकता अनुसार परामर्श तथा अन्य सहयोग उपलब्ध गराउन विभागले निर्देशन दिएको छ।
विद्यार्थीहरू मनोसामाजिक परामर्शपछि नियमित कक्षामा सहभागी हुन मानसिक रूपमा तयार भएको सुनिश्चित गर्नुपर्ने र त्यसपछि मात्रै सुरक्षित तथा बालमैत्री वातावरणमा पठनपाठन सञ्चालन गर्ने व्यवस्था मिलाउन विभागले आग्रह गरेको छ।
विपद्पछि विद्यालय खोल्नु मात्र पर्याप्त नभई प्रभावित बालबालिकाको मानसिक अवस्था र सिकाइको वातावरणलाई समेत प्राथमिकतामा राख्नुपर्ने विभागको निर्देशनले स्पष्ट गरे
को छ।
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल