बुधवार, भाद्र २४ २०८३
सरकारले रसुवा– भोटेकोशी बाढीसहित विभिन्न समयमा आउने विपद्बाट प्रभावित बालबालिकाको शिक्षालाई निरन्तरता दिन ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ कार्यक्रम घोषणा गरेको छ।
बाढी तथा विपद्का कारण शिक्षाबाट प्रभावित बालबालिकाको भविष्य सुनिश्चित गर्ने उद्देश्यले ल्याइएको कार्यक्रमको शिक्षामन्त्री सस्मित पोखरेलले शिक्षा तथा खेलकुद मन्त्रालयमा सोमबार घोषणा गरेका हुन् ।
कतिलाई बाढी प्रभावित गृहजिल्लामै रहेर पढ्न मन भए त्यसैअनुसार कसरी गर्न सकिन्छ भन्ने विकल्पबारे पनि सोचिने उनको भनाइ छ । भविष्यमा कोही बालबालिकाले अभिभावक गुमाएमा पनि यो छात्रवृत्ति योजनामार्फत ती विद्यार्थीको शिक्षामा सहयोग गरिने उनले सुनाए ।
कार्यक्रमको सुरुवाती चरणमा हिसान, प्याब्सन, एनप्याब्सन, ओपिन तथा नेपाल मन्टेश्वरी सङ्घले सरकारसँग सहकार्य गरेका छन् । कार्यक्रममा अन्य शैक्षिक संस्था तथा सङ्घसंस्थालाई पनि जोडिन आह्वान गरिएको छ।
रसुवा–भोटेकोसी बाढीबाट प्रभावित बालबालिकाको शिक्षाका लागि ल्याइएको यो कार्यक्रम भविष्यमा यस्तै विपद् वा अन्य परिस्थिति सिर्जना भएमा प्रभावित बालबालिकाको शिक्षालाई निरन्तरता दिनसमेत उपयोग गरिने बताइएको छ।
शिक्षा मन्त्रालयको प्रारम्भिक विवरणअनुसार रसुवा–भोटेकोसी बाढीपछि २८ शिक्षक र ५ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन छन् । बाढीबाट प्रभावित विद्यार्थीको अध्ययनमा अवरोध नहोस् भन्ने उद्देश्यले छात्रवृत्ति कार्यक्रम अघि बढाइएको हो ।
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल