Oct 29 2026 | २०८३, कार्तिक १३गते

विद्यार्थी र युवाका लागि नयाँ ‘करिअर’ सेवा : रुचि र क्षमता पहिचानदेखि रोजगारीसम्म मार्गनिर्देशन

विद्यार्थी र युवाका लागि नयाँ ‘करिअर’ सेवा : रुचि र क्षमता पहिचानदेखि रोजगारीसम्म मार्गनिर्देशन

  • 418
    SHARES

  • काठमाडौँ । विद्यार्थी, युवा तथा वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिलाई लक्षित गर्दै सरकारले ‘वृत्ति मार्गनिर्देशन सेवा’ सञ्चालन गर्ने भएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले ‘वृत्ति मार्गनिर्देशन सेवा सञ्चालन निर्देशिका, २०८३’ जारी गर्दै विद्यालय तहदेखि श्रम बजारसम्म करिअर छनोट र रोजगारीमा सहजीकरण गर्ने व्यवस्था गरेको हो।

    निर्देशिकाअनुसार कक्षा ८ वा सोभन्दा माथिका विद्यार्थी, युवा, कामदार तथा वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिको रुचि, क्षमता, खुबी र सबल पक्ष पहिचान गरिनेछ। साइकोमेट्रिक परीक्षणलगायतका माध्यमबाट ‘करिअर लेखाजोखा’ गरी उपयुक्त विषय, पेसा तथा वृत्तिपथ छनोटमा परामर्श दिइनेछ।

    साधारण शिक्षा वा प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिममध्ये उपयुक्त विकल्प छनोट गर्न तथ्यमा आधारित परामर्श दिइनेछ। साथै रोजगारी, स्वरोजगार, उद्यमशीलता तथा श्रम बजारमा प्रवेशका लागि आवश्यक सीप विकासमा अभिमुखीकरण, तालिम र अभ्याससमेत सञ्चालन गरिनेछ।

    विद्यालयदेखि श्रम बजारसम्मको संक्रमण सहज बनाउन औद्योगिक अवलोकन, इन्टर्नसिप, उद्यमशीलता विकास, व्यावसायिक योजना तयारी र ‘जब स्याडोइ’ जस्ता कार्यक्रम सञ्चालन गर्ने व्यवस्था गरिएको छ। विदेशबाट फर्किएका व्यक्ति तथा बेरोजगार युवाको सीप र क्षमता मूल्याङ्कन गरी रोजगारी तथा स्वरोजगारीका अवसरबारे लक्षित परामर्शसमेत दिइनेछ।

    त्यस्तै, स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थीलाई उनीहरूको अध्ययन, रुचि, क्षमता र दक्षताका आधारमा रोजगारी तथा स्वरोजगारीका सम्भावनाबारे मार्गनिर्देशन गरिनेछ। सेवा सञ्चालनका लागि शिक्षा तथा खेलकुद मन्त्रालयका सचिवको संयोजकत्वमा निर्देशक समिति र शिक्षा विभागमा ‘वृत्ति मार्गनिर्देशन समन्वय एकाइ’ रहने व्यवस्था गरिएकोeducation-and-sports-ministry_fN03GK47w5.jpg छ।

    images
    शनिवार, भाद्र २० २०८३०३:१८:२३

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल