Oct 28 2026 | २०८३, कार्तिक १२गते

शैक्षिक परामर्श सम्बन्धी निर्देशिका, २०७३ खारेज

शैक्षिक परामर्श सम्बन्धी निर्देशिका, २०७३ खारेज

  • 340
    SHARES

  • शैक्षिक परामर्श सम्बन्धी निर्देशिका, २०७३ खारेज

    शिक्षा तथा खेलकुद मन्त्रालयले शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षणसम्बन्धी निर्देशिका, २०७३ खारेज गरेको छ। मन्त्रालयको शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाद्वारा मंगलबार जारी सूचना अनुसार हिजो सोमबार मन्त्रीस्तरीय निर्णयबाट उक्त निर्देशिका खारेज गरिएको हो।

    सरकारबाट स्वीकृत शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन र व्यवस्थापन) नियमावली, २०८३ राजपत्रमा प्रकाशन भई कार्यान्वयनमा आइसकेको छ। 



    नयाँ नियमावली लागू भइसकेको अवस्थामा पुरानो निर्देशिकाका कारण कार्यान्वयनमा कुनै द्विविधा उत्पन्न नहोस् भन्ने उद्देश्यले मन्त्रालयले यो निर्णय लिएको उपसचिव सेमन्तराज कोइरालाद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ।

     

    762768289_1688179082478769_711370250707108705_n

    images
    बुधवार, श्रावण २० २०८३०१:१३:१२

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल