मंगलवार, आषाढ २ २०८३
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने तयारी थालेको छ ।
बोर्डका अनुसार परीक्षा नतिजा सार्वजनिकका लागि सबै कामहरू लगभग अन्तिम चरणमा पुगेका छन् ।
बोर्डकी प्रवक्ता जयन्ती सत्यालले उत्तर पुस्तिका परीक्षणको काम सकिएको बताइन् । सत्यालले भनिन्, ‘नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको छ । उत्तर पुस्तीका परीक्षण सकिएको छ । इन्ट्री रुजुको काम भइरहेको छ ।
सम्भवतः असारको पहिलो हप्ता नभए दोस्रो साताभित्र सार्वजनिक गर्ने गरी काम अघि बढाएका छौँ ।’ कक्षा १२ को परीक्षा गत वैशाख १४ गतेदेखि भएको थियो । परीक्षामा चार लाख १८ हजार जना सहभागी भएका थिए ।
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल