Oct 29 2026 | २०८३, कार्तिक १३गते

शिक्षक सरुवासम्बन्धी ३ बुँदे निर्देशन : जिल्लान्तर र अन्तर-स्थानीय तह सरुवामा रोक

शिक्षक सरुवासम्बन्धी ३ बुँदे निर्देशन : जिल्लान्तर र अन्तर-स्थानीय तह सरुवामा रोक

  • 343
    SHARES

  • शिक्षक सरुवासम्बन्धी ३ बुँदे निर्देशन : जिल्लान्तर र अन्तर-स्थानीय तह सरुवामा रोक

    शिक्षा मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव श्रोत विकास केन्द्र शिक्षक व्यवस्थापन समन्वय महाशाखा भक्तपुरले शिक्षक सरुवा सम्बन्धी ३ बुँदे निर्देशन दिएको छ ।

    देशभरका स्थानीय तहहरूलाई सोमबार पत्र लेख्दै महाशाखाले स्थायी पदपूर्तिका लागि शिक्षक सेवा आयोगमा माग गरिएको पदमा जिल्लान्तर तथा अन्तर स्थानीय तह सरुवा गरी पदपूर्ति नगर्न निर्देशन दिएको छ । 

    त्यस्तै, महाशाखाले खुद पुल दरबन्दी रहेका स्थानीय तहको हकमा उक्त खुद पुल दरबन्दीको शिक्षक पदमा सरुवा गर्न भनेको छ ।

    त्यसबाहेक ७५ प्रतिशत कार्यसम्पादन मूल्याङ्कनका आधारमा हुने बढुवाका लागि निवेदन पेस गरेका सम्भाव्य उम्मेदवारको हकमा बढुवाको नतिजा प्राप्त नभएसम्म सरुवा सहमति नदिन स्थानीय तहलाई निर्देशन दिएको छ ।

    723240149_1486713525988821_578679389538495355_n_eqqP1yrtO3.png

    images
    मंगलवार, आषाढ २ २०८३०३:५१:०५

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल